समाज

युवतीको निहुँमा प्रहरी मुख्यालयमै रमिता

काठमाडौ, २८ साउन । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको सरकारी निवासको उत्तर भागमा बर्दीमा रहेका प्रहरी जवान र बिनाबर्दीका एक युवकबीच भनाभन चल्दै थियो। बिनाबर्दीका युवकलाई उकेरा लाउँदै थिइन् एक युवती एकैछिनमा दुई पक्षबीचको विवाद चर्काचर्की हुँदै हात हालहालमा परिणत भयो। बर्दीधारीमाथि बिनाबर्दीका युवकले हेल्मेट प्रहार गरे। हत्तपत्त प्रहरी प्रधान कार्यालयको सुरक्षामा खटिएका प्रहरी दौड्दै गए […]

२०७३ श्रावण २८ गते, शुक्रबार

आज अन्तर्राष्ट्रिय युवा दिवस

काठमाडौ, २८ साउन । आज अन्तर्राष्ट्रिय युवा दिवस, गरिबी उन्मुलनमा युवा प्रतिबद्धता, दीगो विकासमा आत्मनिर्भरता’ भन्ने मुल नारासहित मनाईदैछ । दिवसका अवसरमा विश्वभर विभिन्न कार्यक्रम हुनेछन् । नेपालमा पनि विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ । दिवसका अवसरमा युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाईलीले स्पष्ट नीति नहुँदा युवाहरु बेरोजगारको सिकार हुनु परेको बताएका छन । […]

२०७३ श्रावण २८ गते, शुक्रबार

चिनी उद्योगको प्रदुषण नियन्त्रणका लागि पहल गरिदिन माग

काठमाडौँ, २७ साउन । नवलपरासी प्रतापपुरस्थित इन्दिरा चिनी उद्योग र कुडियास्थित बाग्मती चिनी उद्योग वरपरका बासिन्दाले चिनी उद्योगहरुको प्रदुषणका कारण मानव स्वास्थ्यमा गम्भीर असर पुगेको गुनासो गरेका छन् । चिनी उद्योगको प्रदुषणले मलेरिया रोगको संक्रमण फैलिन थालेको भन्दै उनीहरुले नियन्त्रणका लागि पहल गरिदिन माग गर्दै विहीबार जिल्ला प्रशासन कार्यालयमा प्रदर्शन गरेका छन् । उद्योगका कारण […]

२०७३ श्रावण २७ गते, बिहीबार

वादी महिलाको पुनःस्थापना घोषणामै सीमित

काठमाडौँ, २७ साउन । सरकारले विसं २०६५ सालमा वादी समुदायका महिलालाई यौनशोषण मुक्त र पुनःस्थापनाको घोषण गरे पनि अहिलेसम्म त्यसको कार्यान्वयन हुन सकेको छैन । वादी समुदायका महिलाले २०६४ भदौ १ देखि ४८ दिनसम्म अधिकारका लागि सिंहदरबार पश्चिमढोका अगाडि अर्धनग्न जुलुस निकालेर सङ्घर्ष गरेपछि २०६५ पुस २३ गतेको मन्त्रिपरिषद्को निर्णयले वादी महिलालाई यौनशोषणमुक्त र पुनःस्थापनाको […]

२०७३ श्रावण २७ गते, बिहीबार

बनमा क्यामेरा जडान , स्थानिय त्रसित

काठमाडौ, २७ साउन । स्याङ्गजाको साखँर गाबिसको जङ्गलका फरक फरक ३ स्थानमा ३ वटा क्यामेरा फेला परेको छ । साखँर ८ मा रहेको सोहर्दी सामुदायिक बनको सालको रुखको हागाँमा बाँधिएर राखिएको क्यामेरा मंगलबार भेटिएकोमा हिजो फेरि साखँर ८ कै गाउरी आप र ९ को छहरे सामुदायिक बनको रुखमा फेला परेका हुन् । प्रहरीले केका लागि […]

२०७३ श्रावण २७ गते, बिहीबार

भूकम्पपीडितलाई पहिलो किस्तामा डेढ लाख दिने सहमति अन्योलमा

काठमाडौ, २७ साउन । केपी ओली नेतृत्वको अघिल्लो सरकार र प्रमुख प्रतिपक्षी दलबीच डेढ महिनाअघि भूकम्पपीडितलाई निजी आवास निर्माण गर्न पहिलो किस्तामै डेढ लाख रुपैयाँ दिने सहमति भएको थियो । तर, सहमति कार्यान्वयन गर्न अनुदान वितरण कार्यविधि परिवर्तन भएको छैन । कार्यविधि परिवर्तनमा दाताले पनि असन्तुष्टि जनाएकाले पीडितले एकमुष्ट डेढ लाख पाउने–नपाउने अन्योल छ । […]

२०७३ श्रावण २७ गते, बिहीबार

राष्ट्रिय युवा सम्मेलन सुरु

काठमाडौं, २६ साउन । आजदेखि काठमाडौंमा राष्ट्रिय युवा सम्मेलन सुरु भएको छ । तीन दिनसम्म चल्ने सम्मेलनमा देशका ७५ ओटै जिल्लाबाट २–२ जनाका दरले प्रतिनिधि सहभागी छन् । राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको सम्मेलनले राज्यका हरेक निकायमा युवा सहभागिता, युवाको क्षमता बृद्धिलगायत विषयमा युवालाई बढीभन्दा बढी जानकारी गराउने उद्देश्य राखेको छ । सम्मेलनमा नेपालको राजनीतिमा […]

२०७३ श्रावण २६ गते, बुधबार

बाटो काटिरहनुभएको छ , सचेत रहनुहोला

काठमाडौ, २६ साउन । पैदल यात्रीले ट्राफिक नियम उल्लङ्घन गरेर जथाभावी बाटो काटिरहनुभएको छ भन्ने अब सचेत रहनुहोला । ट्राफिक प्रहरीले अब तपार्इंलाई त्यतिकै छाड्नेवाला छैनन् । अब तपार्इं पैदल यात्रीले पनि मादकपदार्थ सेवन गर्ने र ट्राफिक नियम उल्लङ्घन गर्नेले जस्तै ट्राफिक नियमसम्बन्धी कक्षा लिनुपर्नेछ । ट्राफिक प्रहरी महाशाखाले पैदल यात्रीले बाटोमा हिँड्दा र बाटो […]

२०७३ श्रावण २६ गते, बुधबार

सामुदायिक रेडियोहरुको सम्मेलन आज र भोलि

काठमाडौ, २५ साउन । दक्षिण एसियाली सामुदायिक रेडियो सम्म्ेलन आजदेखि काठमाण्डुमा सुरु हुने भएको छ । आज र भोलि दुईदिनसम्म चल्ने दक्षिण एसियाली सामुदायिक रेडियो सम्मेलनमा दक्षिण एसियामा रेडियोले खेलेका भूमिका र सिकाईहरु आदानप्रदान गरिनेछ । सामुदायिक रेडियो प्रशारक संघ (अकोराब)को आयोजनामा पहिलो पटक हुन लागेको सम्मेलनमा नेपालसहित विश्वका विभिन्न देशहरुमा एकसयभन्दा रेडियो कर्मी र […]

२०७३ श्रावण २५ गते, मंगलवार

सिआईएस पत्रकारीता पुरस्कार बन्जरालाई

काठमाडौं, २४ साउन । सामुदायिक सुचना समाज, पोखरा द्धारा स्थापित सिआईएस पत्रकारीता पुरस्कारबाट यो बर्ष पत्रकार यदुनाथ बन्जरा पुरस्कृत हुने भएका छन । सामुदायिक सुचना समाज, पोखरा द्धारा गठन गरिएको पुरस्कार प्रतिभा छनौट समीतीको सिफारिसको आधारमा सस्थाले बन्जरालाई यो बर्षको पुरस्कार प्रदान गर्न लागेको संस्थाका अध्यक्ष दिपक आचार्यले जानकारी दिए । बरिष्ठ पत्रकार कुशुमकेशव पराजुली, […]

२०७३ श्रावण २४ गते, सोमबार