समाज

महन्थ ठाकुरको घरमा लुटपाट

काठमाडौ, २५ भदौ । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको सानो ठिमीस्थित घरमा अपरिचित एक व्यक्तिले ठाकुरका छोरी ३२ वर्षीया डा. मीनाक्षी ठाकुरलाई आक्रमण गरी ब्रिफकेस लुटेर फरार भएको छ । शुक्रबार राति करिब ७ः३० बजे माक्स लगाएको अपरिचित उक्त व्यक्ति ठाकुरको छोरी र काम गर्ने एकजना केटामात्रै भएको बेलामा घरमा प्रवेश गरी आक्रमण […]

२०७३ भाद्र २५ गते, शनिबार

ब्यारेक बिरुद्ध स्थानीयवासी

काठमाडौँ, २४ भदौ । पर्वतको कुश्मा नगरपालिका– ७ दुर्लङका बासिन्दा गाउँमा सेनाको तालिम केन्द्र राख्न लागिएकामा विरोधमा उत्रिएका छन् । नेपाली सेनाले अनुमति बिना तालिम केन्द्र खडा गर्न लागेको भन्दै उनीहरु विरोध जनाएका हुन् । दुर्लुङ– ७ चनौटेका बासिन्दाले नेपाली सेनाले स्थानीय जग्गादाताको सहमतिमा ब्यारेकका लागि अधिग्रहण प्रक्रिया अघि बढाएको तर अन्य गाउँले तथा स्थानीय […]

२०७३ भाद्र २४ गते, शुक्रबार

मानव तस्कर प्रहरीको फन्दामा

काठमाडौ, २४ भदौ । नेपाल प्रहरी महानगरीय अपराध महाशाखाको टोलीले अवैध रुपमा अमेरिका लैजाने तथा मानव ओसारपसार तथा बेचबिखन गर्ने गिरोहमा संलग्न दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । रुकुम, मग्मा गाविस घर भई हाल ललितपुर महालक्ष्मी स्थान बस्ने ३२ वर्षीय ‘नवीन’ भनिने नवराज खत्री र बाग्लुङ, रिगा गाविस घर भई हाल लैनचौर बस्ने ३७ […]

२०७३ भाद्र २४ गते, शुक्रबार

उखु कृषक आन्दोलित

काठमाडौ, २२ भदौ । इस्टर्न सुगर मिल्स लिमिटेडलेले सुनसरी, मोरङ र झापाका ८ हजार उखु किसानको ४५ करोड रुपैयाँ भन्दा बढी भुक्तानी नदिएको गुनासो किसानले गरेका छन् । उद्योगपति दिवाकर गोल्छाले सञ्चालन गरेको सुनसरीको अमाहिबेला गाविसस्थित इस्टर्न सुगर मिल्स लिमिटेडले उखुको रकम नदिएपछि किसानहरु एकसाथ आन्दोलनमा उत्रिएका छन् । तीन वर्षदेखिको उखुको मुल्य नपाएपछि चिनी […]

२०७३ भाद्र २४ गते, शुक्रबार

प्रहरी र लुटेराबिच गोली हानाहान

काठमाडौ, २३ भदौ । काठमाडौंको बलम्बुमा प्रहरी र लुटेराबिच गोली हानाहान भएको छ । बलम्बु नकिकै बौथली चोकबाट प्रहरीले पैसा राख्ने सेफसहित टाटासुमोलाई नियन्त्रणमा लिएको छ । प्रहरीलाई देखेपछि सेफ छोडेर भागेका चार जना लुटेरा र प्रहरीबिच गोली हानाहान भएको डिआइजी कृष्ण पंगेनीले बताए । प्रहरीले काठमाडौंबाट रौतहट चल्ने ना १ ज ३९४८ नम्बरको टाटासुमो […]

२०७३ भाद्र २३ गते, बिहीबार

‘मधेस सरकार’ शब्दले भम्र फैलाउँदै

काठमाडौ, २२ भदौ । भारतको गोरखपुर नयाँबजारका राम तिवारी आइतबार नेपालको प्यूठान जिल्लामा रहेको स्वर्गद्वारीको दर्शन गर्न नेपाल आए । तिवारी भारतको सिद्धार्थनगर बढनी सीमा हुँदै नेपालकोे कृष्णनगर प्रवेश गरे । उनी नेपाल प्रवेश गर्दा अचम्मित परे, किनकि पहिले नेपाल प्रवेश गर्दा ‘नेपाल सरकार स्वागत गर्दछ’ भनेर लेखिएको थियो भने अहिले ‘मधेस सरकार आपका स्वागत […]

२०७३ भाद्र २२ गते, बुधबार

कुमारीको मासिक पारिश्रमिक तीन हजार

काठमाडौ, २२ भदौ । जीवित देवी मानिने कुमारीको मासिक पारिश्रमिक कति होला? कसैले कुमारीको पारिश्रमिक ३ हजार रूपैयाँ मात्र छ भन्यो भने ठट्टा ठानेर नहाँस्नुहोला। भक्तपुरकी कुमारीलाई कौसि तोषाखानाबाट २ हजार १ सय ५० रूपैयाँ र गुठी संस्थानको भक्तपुर सूर्यविनायकस्थित शाखाबाट ९ सय रूपैयाँ गरी मासिक पारिश्रमिक जम्मा ३ हजार रूपैयाँ मात्रै रहेको छ। भक्तपुर […]

२०७३ भाद्र २२ गते, बुधबार

कर्णालीलाई विशेष स्वायत्तक्षेत्र घोषणा गर्न माग

काठमाडौँ, २२ भदौ । कर्णाली जनअधिकार मञ्चले कर्णालीलाई विशेष स्वायत्त क्षेत्र घोषणा गर्न माग गरेको छ । मङ्गलबार आयोजित पत्रकारसम्मेलनमा मञ्चका अध्यक्ष प्रकाश रोकायले राज्यको पुनःसंरचनासम्बन्धी खाकामा त्यस क्षेत्रलाई अधिकारविहीन बनाइएको बताउँदै कर्णालीमा पर्याप्त सम्भावना रहेको भएपनि त्यहाँको पूर्वाधार तथा विकास निर्माणमा सरकारले आवश्यक लगानी गर्न नसकेकोमा चिन्ता व्यक्त गरे । उनले ६ नम्बर प्रदेशको […]

२०७३ भाद्र २२ गते, बुधबार

आज ऋषि पञ्चमी

काठमाडौं, २१ भदौ । हिन्दू महिलाहरुले आज सप्त ऋषिको पूजाआजा गरी हरितालिका तीजको ब्रत सम्पन्न गर्दैछन् । आजको दिन व्रतालु महिलाहरु बिहान नजिकैको नदी, तलाउ, धारा, पोखरी, आदि जलाशयमा गएर नुवाई धुवाई गर्ने गर्दछन् । साथै एक वर्षको प्रतीकका रुपमा ३ सय ६५ वटा दतिवनले दाँत माझी, माटो, तिल र अमलाको पिनाले स्नान गरी चोखो […]

२०७३ भाद्र २१ गते, मंगलवार

गणेश चतुर्थी मनाइँदै

काठमाडौँ, २० भदौ । भाद्र शुक्ल चतुर्थीका दिन आज देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी बिघ्नहर्ता गणेशको जन्मोत्सव मनाइँदैछ । शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त भएको छ । हरितालिका (तीजको व्रत) पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले बताए । […]

२०७३ भाद्र २० गते, सोमबार