समाज

सुख्खा पहिरोका कारण दुई दर्जन परिवार विस्थापित

काठमाडौं, ३ भदौ । सुख्खा पहिरोका कारण धादिङको दार्खा गाविस–८ का २५ परिवार विस्थापित भएका छन् । गत आइतबारदेखि बस्तीमाथिबाट पहिरो खसेपछि दार्खाका २५ धरधुरीका ९९ जना विस्थापित भएको धादिङ प्रहरीले जनाएको छ । पहिरोको जोखिममा रहेका स्थानीयलाई दार्खा प्रहरीले उद्धार गरेर नजिकैको सुरक्षित स्थानमा राखेको छ । विस्थापित भएकाहरुलाई अस्थायी टहरा बनाएर राख्ने विषयमा […]

२०७३ भाद्र ३ गते, शुक्रबार

केटी-केटीबीच ग्याङ फाइट

काठमाडौ, ३ भदौ । युवाहरुको आपसी झगडामा एकजनाले ज्यान गुमाएको क्षेत्रपाटीको घटना सेलाउन नपाउँदै कपनमा तीनजना युवतीले अर्की युवतीलाई मरणासन्न हुनेगरी कुटेर घाइते बनाएका छन् । काठमाडौंका युवामा बढ्दै गरेको ‘ग्याङ फाईट’ (सामुहिक झगडा) को प्रभाव यतिबेला युवतीमा समेत सरेको अनुमान प्रहरीले गरेको छ। प्रहरीले कपन साततले चोकमा कुटपिट गरेको आरोपमा तीनजना युवतीलाई पक्राउ गरेको […]

२०७३ भाद्र ३ गते, शुक्रबार

साउदीको जेलमा रहेकालाई जेलमुक्त गर्न आग्रह

काठमाडौं, २ भदौ । साउदी अरबको जेलमा रहेका सातजना नेपालीलाई जेलमुक्त गर्न उनीहरुका आफन्तहरुले आग्रह गरेका छन् । ‘ब्लड मनी’को अभावमा उनीहरुलाई जेलमुक्त गर्न नसकिएको भन्दै आफन्तजनले सहयोग गर्न सरकारसँग आग्रह गरेका हुन् । आफन्तहरुले विहीबार राजधानीमा पत्रकार सम्मेलन गरी उनीहरु निर्दोष भएको दाबी गर्दै नेपाल फर्काउने वतावरण बनाइदिने आग्रह गरे । आफन्तहरुले त्यहाँको अदालतले […]

२०७३ भाद्र २ गते, बिहीबार

भूकम्पमा भागेका १०५ कैदी मात्र पक्राउ

मेलम्ची, २ भदौ । गत वैशाख १२ गतेको भूकम्पमा सिन्धुपाल्चोक जिल्लाबाट भागेका २१६ कैदीमध्ये हालसम्म १०५ जना मात्र प्रहरीले पक्राउ गरेको छ । भूकम्पअघिको तथ्याङ्कअनुसार पक्राउ परेका र अदातलबाट फैसला भएका ४८ कैदी र फैसला हुन बाँकी भएका ५६ थुनुवा हालसम्म पक्राउ परेका हुन् । पक्राउ परेकामध्ये नौ महिला छन् भने ९६ जना पुरुष रहेका […]

२०७३ भाद्र २ गते, बिहीबार

आज जनैपूर्णिमा

काठमाडौं, २ भदौ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा आज मनाइँदैछ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा […]

२०७३ भाद्र २ गते, बिहीबार

रूट परमिट नै थिएन,चालकको लाइसेन्स नक्कली

काठमाडौ, १ भदौ । काभ्रेको विर्ता देउरालीमा सोमबार दुर्घटनाग्रस्त बसले रूट परमिट नै नलिइ बस सञ्चालन गरेको खुलेको छ। यातायात व्यवस्था विभागले सो रूटमा हालसम्म सार्वजनिक यातायात सञ्चालन गर्न परमिट नै जारी नगरेको खबर आजको नयाँ पत्रिकामा छापिएको छ। विभागका निर्देशक बसन्त अधिकारीले दुर्घटनामा परेको बा ३ ख १०३ नम्बरको बसले काठमाडौं-जिरी चल्न रूट परमिट […]

२०७३ भाद्र १ गते, बुधबार

मृत्युअघि आमाको पुकार : ‘म त मर्ने नै भएँ, सक्नुहुन्छ भने मेरो छोरालाई बचाइदिनूस्’

काठमाडौं, ३२ साउन । ‘श्रीमती त मरेर गइन् नै,’ एक युवाले भने, ‘हामी दुई बीचको नाता सम्बन्ध राख्ने नौमहिने बालकको बिचल्ली हुने भयो ।’ ब्लड क्यान्सरबाट पीडित श्रीमतीको उपचारका क्रममा मृत्यु भएपछि खोटाङ खार्मी–८ का अशोक तामाङले यस्तो दुखेसो पोखेका हुन् । क्यान्सरबाट पीडित बनेकी १८ वर्षीया कविता तामाङको उपचारका क्रममा साउन ३० गते मृत्युु […]

२०७३ श्रावण ३२ गते, मंगलवार

कारागारमा क्षमताभन्दा पाँचगुणा बढी कैदीबन्दी

काठमाडौ, ३२ साउन । पाँचथर कारागारमा क्षमताभन्दा पाँचगुणा बढी कैदीबन्दी रहेपछि कैदीबन्दीलाई समस्या भएको छ । सुधारगृहका रुपमा रुपान्तरण गर्ने भनिएको कारागारमा क्षमताभन्दा पाँचगुणा बढी कैदीबन्दी भएपछी उनिहरुले कष्टकर जेलजीवन गुजार्नु परिरहेको गुनासो गरेका छन् । कारागारमा क्षमताभन्दा पाँचगुणा बढी कोचिएर बस्नु पर्दा त्यस्तो अवस्था भोग्नु परिरहेको उनीहरुले बताएका हुन् । पाँच महिलासहित २५ जनाको […]

२०७३ श्रावण ३२ गते, मंगलवार

रगत खोज्दा -खोज्दा हैरान भएपछि ..

काठमाडौं, ३१ साउन । आज दिउँसोदेखि सोलुखुम्बुको सदरमुकामबाट प्रसारणमा रहेका तीनवटै एफएम रेडियोबाट ‘बी’ पोजेटिभ रगत चाहियो भन्ने विज्ञापन प्रसारण भइरहेको छ । छेस्काम–२ सोलुखुम्बुका दमाई हजर राईलाई रगत आवश्यकता भएपछि रगत खोज्दाखोज्दा हैरान भएर रेडियोमा रगत आवश्यकता भनेर विज्ञापन बजाउन थालिएको राईका ज्वाईं पटनबहादुर राईले बताए । पन्ध्र दिनदेखि अस्पतालमा रहेका ७२ वर्षीय राईको […]

२०७३ श्रावण ३१ गते, सोमबार

मध्यवर्ती सामुदायिक वन घोषणा

काठमाडौँ, ३१ साउन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ७६२ वनलाई निकुञ्जको मध्यवर्ती सामुदायिक वनको रुपमा घोषणा गरेको छ । विभागका प्रवक्ता किशोरकुमार मेहताले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष क्षेत्रको संरक्षण र सम्बद्र्धनका लागि मध्यवर्ती सामुदायिक वन घोषणा गरेको बताए । उनले भने , “मध्यवर्ती क्षेत्रको वनको संरक्षण र सम्बद्र्धन स्थानीय जनताबाट हुने र […]

२०७३ श्रावण ३१ गते, सोमबार