राजनीति

‘लडागडा घटना नेपाली सार्वभौमसत्तामाथि भारतको ठाडो हस्तक्षेप’

काठमाडौं, २० जेठ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले भारतीय प्रहरीका डीएसपी नागराजको टोली नेपाल प्रवेश गरी दीपायल सिलगडी नपा–८, लडागडाका लालबहादुर आउजीलाई बुधबार मध्यरातमा घरभित्रबाट अपरहण गरेको घटनाको भत्सर्ना गरेको छ । शुक्रबार क्रान्तिकारी माओवादीका प्रवक्ता हरिभक्त कँडेलले एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाप्रति आपत्ति जनाउँदै भत्सर्ना गरेका हुन् । लडागडा घटनालाई पार्टीले नेपाली […]

२०७४ जेष्ठ २० गते, शनिबार

‘नेपाली सेना विखन्डनकारीको तमासा हेरेर बस्न सक्दैन’

काठमाडौं, १९ जेठ । पश्चिमाञ्चलका भूपू सैनिकहरुलाई सम्बोधन गर्दै प्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपाली सेना विखन्डनकारीहरुको तमासा हेरेर बस्न नसक्ने चेतावनी दिएका छन् । पोखराको फूलबारी ब्यारेकमा भएको सो कार्यक्रममा प्रधानसेनापति क्षत्रीले देशको सार्वभौमिकता र अखन्डता रक्षाका लागि सेनाले कुनै कसर बाँकी नराख्ने बताए । सेना सधैं संविधानले निर्दिष्ट गरेका मूल्य–मान्यतालाई आत्मसात् गरेर अगाडि बढिरहेको उनको […]

२०७४ जेष्ठ १९ गते, शुक्रबार

आज जेठ १९, दरबार हत्याकाण्डको १६ वर्ष

काठमाडौं, १९ जेठ । आज जेठ १९, आजभन्दा ठीक १६ वर्षअघि यसै दिन नारायणहिटी दरबार हत्याकाण्ड मच्चाइएको थियो, जहाँ स्वर्गीय राजा वीरेन्द्र शाहको वंशनाश गरिएको थियो । समाधान हुन नसकेको आश्चर्यकै रुपमा रहँदै आएको यस घटनामा २०५८ जेठ १९ शुक्रबार रात्रिमा तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुनेगरी राजपरिवारका दश जनाको हत्या गरिएको थियो । तत्कालीन राजा […]

२०७४ जेष्ठ १९ गते, शुक्रबार

आज पनि संसद चलेन

काठमाडौं, १८ जेठ । व्यवस्थापिका–संसदको बिहीबारको बैठक पनि प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण कार्यसूचीमा प्रवेश नगरी स्थगन भएको छ । भरतपुर महानगरपालिकाको मतगणना जारी रहँदा मतपत्र च्यातिएको घटनाको विरोध गर्दै आएको एमालेले बिहीबार दोस्रो दिन सदन अवरोध गरेको हो । बैठक आरम्भ हुनासाथ एमालेका सांसदहरु आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए । एमालेका सांसदहरु […]

२०७४ जेष्ठ १८ गते, बिहीबार

प्रचण्डको गुनासो ‘अरुले पिठो बेचे, माओवादीले चामल बेच्न सकेन’

काठमाडौं, १७ जेठ । नेकपा माओवादी केन्द्रका पार्टी संसदीय दलका नेता एवं प्रधानमन्त्री पुष्पकमल दाहालले दोस्रो चरणको स्थानीय तह निर्वाचनमा एकढिक्का भएर जुट्न सांसदहरुलाई निर्देशन दिएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको उक्त बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले वर्तमान सरकारले गरेका समग्र उपलब्धि र प्रगतिबारे संक्षिप्त जानकारी गराउँदै दोस्रो चरणको निर्वाचनमा पनि चुनावी […]

२०७४ जेष्ठ १७ गते, बुधबार

सहमतीय सरकार गठनको समयसीमा सकिँदै

काठमाडौं, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि दिएको समयसीमा आज सकिँदैछ । राष्ट्रपति भण्डारीले सहमतीय सरकार गठन गर्न गत बिहीबार दलहरुलाई सात दिनको समय दिएकी थिइन् । राष्ट्रपतिले दिएको समय सकिनै लाग्दासमेत दलहरुबीच सरकार गठनका विषयमा सहमति जुट्न सकेको छैन । यस विषयमा दलहरुबीच पर्याप्त […]

२०७४ जेष्ठ १७ गते, बुधबार

‘ राजीनामा दिनु प्रधानमन्त्रीको कमजोरी’

काठमाडौं, १६ जेठ । अन्तर्राष्ट्रिय सरोकार केन्द्रले आज राजधानीमा गरेको कार्यक्रममा बोल्दै नेकपा एमालेका अध्यक्ष केपी ओलीले चुनावकै बीचमा राजीनामा दिनु प्रधानमन्त्रीको कमजोरी भएको बताएका छन् । ओलीले अहिलेको सरकार, देश र जनताप्रति जवाफदेही हुन नसकेको भन्दै अरुको दवाव र वहकाउमा संचालन हुनु गलत भएको टिप्पणी गरे । ओलीले चीनसंग भएको ओविओआर सम्झौताले एउटै देशप्रति […]

२०७४ जेष्ठ १६ गते, मंगलवार

देउवाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौं, १६ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सरकार गठनको पहल सुरु गरेका छन् । सहमतीय सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सकिन लागेपछि देउवाले सहमतीय सरकारको गठनका लागि सर्वदलीय बैठक आह्वान गरेका हुन् । संसद भवन बानेश्वरमा बसिरहेको सर्वदलीय बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने अधिकांश दलका नेता सहभागी छन् । […]

२०७४ जेष्ठ १६ गते, मंगलवार

आज गणतन्त्र दिवस

काठमाडौं, १५ जेठ । आज गणतन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाईंदैछ । संविधानसभाको पहिलो बैठकले २०६५ साल जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते विभिन्न कार्यक्रम गरी यो दिवस मनाइन्छ । झन्डै अढाइ सय वर्षको इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई बिदाइ गर्दै नेपालमा गणतन्त्र स्थापना […]

२०७४ जेष्ठ १५ गते, सोमबार

द्रुतमार्गको शिलान्यास

काठमाडौं, १४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौंबाट तराई प्रदेश जोड्ने राष्ट्रिय गौरवको रणनीतिक महत्व बोकेको दु्रत मार्ग (फास्ट ट्र्याक)को शिलान्यास गरे । नेपाली सेनाको व्यवस्थापनमा निर्माण हुने उक्त सडक ७६.२ किमी दूरीको हुनेछ । मुलुककै नमुना आयोजनाका रुपमा रहने उक्त दु्रत मार्ग निर्माणका लागि नेपाली सेनाका बलाध्यक्ष रथी पूर्णचन्द्र थापाको नेतृत्वमा अधिकारसम्पन्न निर्देशक […]

२०७४ जेष्ठ १४ गते, आईतवार