राजनीति

निर्वाचन कार्यालयमा बम

काठमाडौं, ७ मंसिर । जिल्ला निर्वाचन कार्यालय नुवाकोट अगाडि बम भेटिएको छ । कार्यालयको गेट नजिकै बम भेटिएपछि कर्मचारी र स्थानीयले खबर गरेपछि प्रहरीलाई खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेर बम निष्कृय पार्ने तयारी गरेको बताइएको छ । बम भेटिएपछि मुख्य सडक अवरुद्ध भएको छ । बम कस्ले किन किन राखेको भन्ने बारे खुलिसकेको छैन् […]

२०७४ मंसिर ७ गते, बिहीबार

उपत्यकाबाट थप १३९ जना पक्राउ

काठमाडौं, ७ मंसिर । प्रहरीले उपत्यकाका तीन जिल्लाबाट एक सय ३९ जनालाई नियन्त्रणमा लिएको छ । विगत २४ घण्टामा विभिन्न शंकास्पद गतिविधिमा संलग्न, झगडा, मादक पदार्थ सेवन गर्ने तथा शान्ति सुरक्षामा प्रभाव पार्न सक्ने भूमिकामा देखिएका उनीहरुलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले जनाएको छ । सो कार्यालयका अनुसार काठमाडौं जिल्लाबाट एक सय १८ पुरुष […]

२०७४ मंसिर ७ गते, बिहीबार

चार जिल्लाका सीडीओ सरुवा

काठमाडौं, ६ मंसिर । पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पाँच दिनअघि गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी(सीडीओ)को सरुवा गरेको छ । चुनावी सुरक्षा कायम राख्न नसकेको भन्दै गृहले भोजपुर, रसुवा, सोलखुम्बु र नुवाकोटका सीडीओ परिवर्तन गरेको हो । भदौ १४ गते भोजपुरको सीडीओ भएर गएका चेतराज बराल साढे तीन महिना पनि नपुग्दै सरुवामा […]

२०७४ मंसिर ६ गते, बुधबार

‘सरकारले संविधानलाई कागजी खोस्टामा परिणत गर्‍यो’

काठमाडौँ , ५ मंसिर । क्रान्तिकारी पत्रकार संगठन नेपालका अध्यक्ष प्रभात चलाउनेले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वका सरकारले मौलिक आधिकारको ठाडो उल्लंघन गरेर संविधानलाई कागजी खोस्टामा परिणत गरेको बताएका छन् । अध्यक्ष चलाउनेले मंगलबार विज्ञप्ति जारी गर्दै देशका विभिन्न ठाउँबाट पत्रकारहरुमाथि भइरहेको धरपकड, मानसिक यातना र गिरफ्तारप्रति आपत्ति जनाउँदै सरकारले संविधानमा व्यवस्था गरिएको मौलिक […]

२०७४ मंसिर ६ गते, बुधबार

सहिद परिवारको निर्णयः सूर्यमा भोट हाल्दैनौं

काठमाडौँ, ५ मंसिर । सल्यान जिल्लाका सहिद परिवारहरुले एमालेसँगको एकताको नाममा माओवादी केन्द्रले सहिदको रगतको अपमान हुने गरी टिकट भागबण्डा गरेको भन्दै विरोध गरेका छन् । सल्यानको बागचौर नगरपालिकाका सहिद परिवारको भेलाले माओवादी केन्द्रले बलिदानीको अपमान हुने गरी प्रदेश सभाका दुबै क्षेत्र एमालेलाई दिएको भन्दै आधिकारिक उम्मेदवारलाई भोट नहाल्ने निर्णय गरेको छ । सहिद परिवारको […]

२०७४ मंसिर ५ गते, मंगलवार

राज्यमन्त्री खड्काको घरमा बम विस्फोट

काठमाडौँ, ५ मंसिर । सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्काको बागलुङ नगरपालिका–२ स्थित घरमा गएराति बम विस्फोट भएको छ ।राति ११ बजे भएको विस्फोटबाट कुनै मानवीय क्षति भएको छैन । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का उम्मेदवारसमेत रहुेकी राज्यमन्त्री खड्का घरमै रहेको समयमा एक्कासि ठूलो आवाजसहित बम विस्फोट भएको थियो । घटनाबारे प्रहरीले अनुसन्धान […]

२०७४ मंसिर ५ गते, मंगलवार

एमाले-माओवादीको गठबन्धन ठगहरुको झुण्ड

काठमाण्डौ , ४ मंसिर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एमाले र माओवादीको गठबन्धन ठगहरुको झुण्ड भएको बताएका छन् । निर्वाचन क्षेत्र २ को छिन्नमस्ता गाउँपालिका-३ गोविन्दपुरमा फोरम नेपाल र राजपाको संयुक्त सभालाई सम्बोधन गर्दै यादवले एमाले र माओवादी केन्द्रको चुनावी गठबन्धन मधेशसहित पूरै देशको लागि घातक भएको बताए । उनले ढोगको खोल […]

२०७४ मंसिर ४ गते, सोमबार

थपलियालाई तत्काल रिर्हा गर्न माग

काठमाण्डौ , २ मंसिर । क्रान्तिकारी पत्रकार संगठन नेपालले नेपाल पत्रकार महासंघका सदस्य समेत रहेका अखिल नेपाल जनसांस्कृतिक महासंघका केन्द्रीय महासचिव एवम् प्रगतिशील लेखक संघ प्रलेसका उपाध्यक्ष खेम थपलियालाई प्रहरीले विनाकारण पक्राउ भन्दै विरोध जनाएको छ । संगठनका केन्द्रीय अध्यक्ष प्रभात चलाउनेले एक विज्ञप्ती जारी गर्दै पत्रकार तथा साहित्यकार थपलियालाई तत्काल बिनाशर्त रिर्हा गर्न माग […]

२०७४ मंसिर २ गते, शनिबार

नेकपा गण्डक ब्यूरोका आर्थिक विभाग प्रमुखसहित दुई जना पक्राउ

काठमाडौं, ३० कार्तिक । कास्की प्रहरीले नेकपा गण्डक ब्यूरो सदस्य एवं आर्थिक बिभाग प्रमुखसहित दुई जनालाई पक्राउ गरेको छ । हिरासतमा राखिएका नेकपा गण्डक ब्यूरो सदस्य एवं आर्थिक बिभाग प्रमुख गोरखा जिल्ला भिमसेन गाउँपालिका वडा नं. १ घर भई हाल पोखरा लेखनाथ महानगरपालिका वडा नं.८ जाल्पारोड डेरा गरि बस्ने वर्ष ३६ को कपिल भट्ट रहेका […]

२०७४ मंसिर १ गते, शुक्रबार

एमाले नेता पाण्डे घाईते

काठमाडौं, २९ कात्तिक । एमाले नेता राजेन्द्र पाण्डे घाईते भएका छन् । धादिङको प्रदेशसभा तर्फ क्षेत्र नम्बर १ (१) का उम्मेदवार रहेका पाण्डे सँयुक्त बाम गठबन्धनको चुनावी अभियानका क्रममा लडेर घाईते भएका हुन् । धुनिबेशी नगरपालिका ७ तोप्लाङ नजिक लडेर टाउको ढुङ्गामा ठोक्किँदा पाण्डेको टाउको, निधार, गाला र हातमा चोट लागेको छ । पौने एक […]

२०७४ कार्तिक २९ गते, बुधबार