राजनीति

ओली र दाहालद्वारा कार्यदललाई निर्देशन

काठमाडौं, २६ पुस । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रियसभाका सदस्यहरुको निर्वाचन, प्रदेश सरकार र संसदको जिम्मेवारीबारे गृहकार्य गर्न गठित नेकपा एमाले–माओवादी केन्द्रको संयुक्त कार्यदललाई निर्देशन दिएका छन् । एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालले छलफल गरी चारबुँदे मापदन्डसहित निर्देशन दिएका हुन् । एमाले र माओवादी केन्द्रका […]

२०७४ पुष २६ गते, बुधबार

ओली थाइल्याण्ड जाँदै

काठमाडौं, २६ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज थाइल्याण्ड जाँदै छन् । ओली नियमित स्वास्थ्य परीक्षणका लागि थाइ एयरवेजको विमानबाट दिउँसो साढे १२ बजे बैंकक जान लागेका हुन् । मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षणका लागि उहाँ बैंकक जान लागेका हुन् । बैंककस्थित बुङरुगाड अस्पतालमा उनले स्वास्थ्य परीक्षण गराउने छन् । ओलीका […]

२०७४ पुष २६ गते, बुधबार

ग्रामीण विकास सम्मेलन चैत्र ९ देखि

काठमाडौं, २५ पुस । ग्रामीण विकास केन्द्रीय विभागले संघीयतामा ग्रामीण विकास शिक्षाको महत्वबारे आगामी चैत्र ९ देखि ११ गतेसम्म काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलन हुने जनाएको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गरी ग्रामीण विकासलाई असर पार्ने पर्यटन, कृषि, वातावरण, जलवायु परिवर्तन, बसाइँसराइ, जलविद्युत्लगायतका विषयमा सो सम्मेलनमा छलफल हुने जानकारी दिइयो । सम्मेलनमा दक्षिण एसियाली राष्ट्रका साथै […]

२०७४ पुष २५ गते, मंगलवार

पत्रकारलाई पक्राउ पूर्जी नकाट्न आग्रह

काठमाडौं, २४ पुस । प्रेस काउन्सिल नेपालले फौजदारी अपराधबाहेक कुनै पनि समाचारको स्रोत खुलाउने नाममा सम्पादक वा पत्रकारलाई पक्राउ पूर्जी नकाट्न आग्रह गरेको छ । तत्कालीन प्रहरी नायब महानिरीक्षक एवं ललितपुरबाट नवनिर्वाचित सांसद नवराज सिलवालले सर्वाेच्च अदालतमा पेश गरेको कागजात कीर्ते भएको भन्ने सम्बन्धमा भइरहेको छानबिनका लागि प्रहरीले तीन अनलाइनका सम्पादकलाई उपस्थित गराउन पत्र काटेपछि […]

२०७४ पुष २४ गते, सोमबार

सत्य निरुपण र बेपत्ता छानबिन आयोगको म्याद थपिए आन्दोलन !

काठमाडौं, २४ पुस । वरिष्ठ अधिवक्ता तथा संविधानविद् दिनेश त्रिपाठीले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको म्याद थप गरिए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । सोमबार राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा वरिष्ठ अधिवक्ता त्रिपाठीले म्याद थप गरिए मानव अधिकारकर्मी, कानुन व्यवसायी र द्वन्द्वपीडितहरु सबै आन्दोलनमा उत्रिने चेतावनी दिए । कुनैपनि आयोगको म्याद […]

२०७४ पुष २४ गते, सोमबार

निर्वाचन आयोग, अख्तियार र महालेखा प्रमुखबीच गोप्य भेटघाट

काठमाडौं,२३ पुस । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यात र महालेखा परीक्षक टंकमणि शर्मालाई आयोगमा बोलाएर छलफल गरेका छन् । तीन चरणको निर्वाचन सकेकौ मौकामा शुक्रबार साँझ प्रमुख निर्वाचन आयाक्त यादवको निमन्त्रणामा अख्तियार प्रमुख बस्न्यात र महालेखा परीक्षक शर्मा आयोग पुगेका हुन् । आर्थिक अनियमितता छानविन गर्ने अख्तियार […]

२०७४ पुष २३ गते, आईतवार

हत्याको विरोधमा रुपन्देही बन्द

काठमाडौं, २१ पुस । युवा संघ नेपालले व्यवसायी बसन्त पौडेलको हत्याको विरोधमा रुपन्देही बन्दको घोषणा गरेको छ । उसले हत्यारालाई पक्राउ गरी कारबाहीको माग गर्दै अनिश्चितकालीन बन्द आहृवान गरेको हो । आज विहान अज्ञात समूहले फर्निचर व्यवसायी पौडेलमाथि देवदहमा गोली हानेको थियो । टाउको र छातीमा गोली लागेका उनको उपचारका क्रममा निधन भएको छ ।

२०७४ पुष २१ गते, शुक्रबार

उत्तर कोरियाद्वारा दक्षिण कोरियाको वार्ता प्रस्ताव स्वीकार

काठमाडौं, २१ पुस । उत्तर कोरियाले शीतकालीन ओलम्पिकबारे वार्ता गर्न दक्षिण कोरियाले गरेको प्रस्ताव स्वीकारेको छ । दुई देशबीच आउँदो हप्ता उच्चस्तरीय वार्ता हुने दक्षिण कोरियाली अधिकारीहरुले जनाएका छन् । आउँदो फेब्रुअरीमा हुने ओलम्पिकमा सहभागिताबारे छलफल गर्न दक्षिण कोरियाले उत्तर कोरियासँग प्रस्ताव गरेको थियो । वार्ता यही जनवरी ९ मा हुने जनाइएको छ । नयाँ […]

२०७४ पुष २१ गते, शुक्रबार

मूल्यवृद्धिविरुद्धको प्रदर्शनमा झडप

काठमाडौं, २० पुस । नेपाल आयल निगमका अधिकारीहरुलाई ज्ञापनपत्र बुझाउन पुगेका विद्यार्थी र प्रहरीबीच झडप भएको छ । पेट्रोलियम पदार्थमा भाउ बढाएको भन्दै आन्दोलनमा उत्रिएका विद्यार्थी र प्रहरीबीच झडप भएको हो । बढेको मूल्य तत्काल फिर्ता गर्न माग गर्दै कार्यालयभित्र प्रवेश गर्न खोजेपछि विद्यार्थी र प्रहरीबीच झडप भएको थियो । विद्यार्थीले केहीबेर नाराबाजी गरेपछि भने […]

२०७४ पुष २० गते, बिहीबार

देउवाद्वारा सर्वदलीय बैठक आव्हान

काठमाडौं, २० पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले आज सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहान ९ बजे बोलाइएको बैठकमा राष्ट्रिय पार्टीका अध्यक्षहरूलाई दुई अन्य नेतासहित उपस्थित हुन आग्रह गरिएको छ । प्रधानमन्त्रीका स्वकीय सचिव केशव जोशीले प्रदेशको अस्थायी राजधानी, प्रदेश प्रमुख र राष्ट्रिय सभा निर्वाचनको मिति तोक्ने विषयमा दलीय सहमति खोज्न सर्वदलीय बैठक बोलाइएको […]

२०७४ पुष २० गते, बिहीबार