बिज्ञान तथा प्रबिधि

बढ्दैछ इ-चुरोट सेवनको प्रचलन

पछिल्ला केही वर्षमा इ-चुरोट सेवनको प्रचलन निकै तिब्र रुपमा बढिरहेको छ । विद्युतिय चुरोटको बढ्दो खपतप्रति चिन्ता व्यक्त गर्दै विश्व स्वास्थ्य संगठनले हालै विश्वका देशहरुलाई यसप्रति सचेत रहन र इ चुरोटको प्रयोगका बारेमा कानून निर्माण गर्न आग्रह गरेको छ ।संगठनका अनुसार पछिल्ला वर्षमा इ चुरोटको बिक्रि ह्वात्तै बढेको छ । इ चुरोटको खपत तिब्र रुपमा […]

२०७० आश्विन १ गते, मंगलवार

राष्ट्रिय विज्ञान दिवस मनाईंदै

काठमाडौं, १ असोज । नेपालमा पहिलोपटक आज राष्ट्रिय विज्ञान दिवस मनाईंदै छ । वैज्ञानिकहरुलाई प्रोत्साहित गर्न नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को संयोजनामा विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयल आजदेखि यो दिवस मनाउन लागिएको हो ।‘विज्ञान तथा प्रविधि देशको सम्वृद्धि’ भन्ने नाराका साथ २० वर्षपछि मनाउन लागिएको दिवस उपयोगी र महत्वपूर्ण हुने आयोजको भनाई […]

२०७० आश्विन १ गते, मंगलवार

एप्पलको नयाँ आइफोन बजारमा

काठमाडौं, २८ भदौ – अमेरिकी कम्पनी एप्पलले दुई नयाँ आइफोन बजारमा ल्याएको छ ।कम्पनीले आइफोन फाइभ एस र आइफोन फाइभ सी बजारमा ल्याएको हो । १६ जिबी फाइभ एसको बजार मुल्य ५ सय ४९ पाउण्ड तथा ६४ जिबी ७ सय ९ पाउण्ड तोकिएको छ । यस्तै १६ जिबी स्टोरेज क्षमताको फाइभ सीको बजार मुल्य ४ […]

२०७० भाद्र २८ गते, शुक्रबार

स्काइपको १० वर्षे यात्रा

काठमाडौ, – स्काइप अर्थात अनुहार हेर्दै कुराकानी गर्न सकिने प्रविधि आजकल निकै लोकपि्रय बनेको छ । स्काइपले केही दिनअघि १० वर्षे यात्रा पूरा गर्‍यो । स्काइपका चिफ मार्केटिङ अफिसर एलिसा स्टिलको भनाइमा ‘टाढा भए पनि आमा र छोरी एउटै भान्साको टेबुलमा बसेर कुराकानी गरेजस्तै अनुभव’ स्काइपले दिलाइरहेको छ । सबैलाई आश्चर्यचकित अनुभव गराउने हाई डिफिनिसन […]

२०७० भाद्र २७ गते, बिहीबार

६६ लाख पर्ने टेलिभिजन

काठमाडौँ । दक्षिण कोरियाली कम्पनी सामसुङले विश्वमा अहिलेसम्मकै ठूलो आकारको घरायासी टेलिभिजन र्सार्वजनिक गरेको छ । युएचडी टिभी ११० नाम दिइएको उक्त टेलिभिजनको स्त्रिmन ११० इन्च अर्थात् झण्डै साढे २ मिटरको रहेको छ । निकै अत्याधुनिक प्रविधिले युक्त यो टेलिभिजन आगामी वर्षाट बजारमा बिक्री सुरु हुने सामसुङले जनाएको छ । जर्मनीको बर्लिनमा आयोजित व्यापार मेलाका […]

२०७० भाद्र २२ गते, शनिबार

सामसङको स्मार्टवाच बजारमा

बर्लिन,२१ भाद्र— माइक्रोसफ्ट, एप्पल र गुगललाई पछि पार्दै सामसुङले बहुप्रतिक्षित ग्यालेक्सी गियर स्मार्टवाच बजारमा ल्याएको छ। पहिलो पटक बर्लिनको आइएफए टेक सोमा सामसङले स्मार्टघडीलाई पहिलो पटक आधिकारिक प्रदर्शनीमा राखेको छ। यी घडी २५ सप्टेम्बरदेखि बजारमा आउनेछन्। स्मार्टफोनको दुनियामा सबैभन्दा राम्रो बिक्री बजार बनाउन सफल सामसङले स्मार्टवाचको बजार कस्तो बनाउँछ त्यो भने हेर्न बाँकी छ। तर […]

२०७० भाद्र २१ गते, शुक्रबार

क्यान सफ्टेक सुरु

काठमाडौ, १९ भदौ – कम्प्युटर एसोसिएसन अफ नेपाल [क्यान]को आयोजनामा आजदेखि क्यान सफ्टेक मेला सुरु भएको छ । मेलाको उपराष्ट्रपति परमानन्द झाले उद्घाटन गरे । सफ्टवेयर, सर्भिस, सोलुसन र कम्युनिकेसनको विस्तार र विकासबारे जानकारी गराउने उद्देश्यले मेला आयोजना गरिएको क्यानका महासचिव अमृतकुमार पन्तले बताए ।उनका अनुसार मेलामा कम्प्युटर सुरक्षा, सूचना व्यवस्थापन, एन्टिभाइरस, इन्टरनेट सेवा लगायत […]

२०७० भाद्र १९ गते, बुधबार

पृथ्वीका प्राणी मंगलग्रहबाट आएको दाबी

काठमाडौँ । पृथ्वीमा अस्तित्वमा रहेका प्राणी तथा वनस्पतीको खास उत्पत्ति पृथ्वीमा नभएर मंगल ग्रहमा भएको अमेरिकी वैज्ञानिकले दाबी गरेका छन् । जिवको उत्पत्तिका लागि आवश्यक तत्व केवल मंगल ग्रहको सतहमा मात्र रहेकाले अहिले पृथ्वीमा रहेका जिवको बिउ मंगल ग्रहबाटै पृथ्वीमा आएको दाबी ती वैज्ञानिकको रहेको छ । भूर्-गर्भसायनविद्व स्टेभेन बेनरका अनुसार यो ब्रम्हाण्डमा सुरुमा मंगलग्रहमा […]

२०७० भाद्र १५ गते, शनिबार

बसन्तले बनाए हेलिकप्टर

भक्तपुर, १४ भदौ – भक्तपुर बस्ने रामेछापको मेगर्पा पिङ्खुरी गाविस ८ का २७ वर्षका बसन्त श्रेष्ठले आठ महिना लगाएर हेलिकप्टर बनाएका छन् । श्रेष्ठले बनाएको साढे २ मिटर लामो ४ फिट फराकिलो र २ सय किलो वजन भएको हेलिकप्टर शुक्रबार परीक्षण उडान गरिएको छ ।आठ महिनादेखि ताथली ८ इथाचामा बस्दै आएका श्रेष्ठले हेलिकोप्टर बनाएर ताथलीको […]

२०७० भाद्र १४ गते, शुक्रबार

सुविसु क्यान सफ्टेक मेला भदौ १९ गतेदेखि

काठमाडौं, १३ भदौ । कम्प्युटर एशोसिएशन अफ नेपालले यहि भदौ १९ गतेदेखि २१ गतेसम्म काठमाडौंमा सुविसु क्यान सफ्टेक मेलाको आयोजना गर्ने भएको छ । क्यानले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर मेलामा १ सय २० वटा कम्पनीले भाग लिने जनाएको छ। मेलामा सफ्टवेयर, सर्भिसेज, सनेलुसन र सञ्चारको क्षेत्रमा भएका नयाँ–नयाँ प्रविधिको विकासको बारेमा एउटै छानाबाट जानकारी […]

२०७० भाद्र १४ गते, शुक्रबार