मुख्य समाचार

माओवादी भ्रष्टाचारीको नाम संकलन गर्दै

काठमाडौ, २१ माघ । नेकपा माओवादीले भ्रष्टाचारी ,सुन तस्करी,भूमाफिया र कालोबजारीलाई कारबाही गर्ने भन्दै आन्तरिक सूचना संकलनलाई तीव्र पारेको छ । माओवादीले युवा,मजदुर ,विद्यार्थी ,शिक्षक सम्मिलित समूह बनाई भ्रष्टाचारीहरुको नालिबेली संकलन गर्न आन्तरिक रुपमा खटाइसकेका छन् । ठूल्ठूला भ्रष्टाचारी र तस्कर उपत्यकामै रहेको भन्दै काठमाडौंबाट जनकारबाही सुरु गर्ने गोप्य तयारी अन्तिम चरणमाख पुगेको बताइएको छ […]

२०७१ माघ २१ गते, बुधबार

गोल्छाको जग्गा माओवादीको कब्जामा

काठमाडौँ । नेकपा माओवादीले गोल्छा समूहको जग्गा कब्जा गरेको छ ।नेपालगञ्ज-कोहलपुर सडक खण्डमा पर्ने जमीन गोल्छा समूहको उद्योगका नाममा रहे पनि प्लटिङ्ग गरी घडेरीमा विक्री गरिएको भन्दै माओवादी कार्यकर्ताले झण्डा गाढेर कब्जा गरेका हुन् ।मंगलबार बिहान ८ बजे माओवादीका जिल्ला सेक्रेटरी मानबहादुर रोकाय ‘शक्ति’को नेतृत्वमा गएको टोलीले टाँगेको ब्यानरमा लेखिएको छ- ‘उद्योगको नाममा दर्ता गरिएको […]

२०७१ माघ २० गते, मंगलवार

माथिल्लो मर्स्याङदीको पिडिए नगर :माओवादी

काठमाडौँ । नेकपा माओवादीले ६ सय मेगावाट क्षमताको माथिल्लो मर्स्याङदी–२ जलविद्युत आयोजनाको पिडिए गर्न नदिने घोषणा गरेको छ । लमजुङको ताघ्रिङ गाविस र मनाङको धारापानी गाविस प्रभावित हुने गरी निर्माण गरिने भनिएको माथिल्लो मर्स्याङदी–२ जलविद्युत आयोजना राष्ट्रिय हित विपरित निर्माण गर्न लागेको भन्दै नेकपा माओवादीले आयोजना बन्न नदिने घोषणा गरेको हो ।नेकपा माओवादीले आयोजनाको प्रभावित […]

२०७१ माघ १९ गते, सोमबार

माओवादीद्वारा अख्तियार घेराउ भ्रष्टाचारीलाई कार्वाहीको माग

काठमाडौँ, १८ माघ ।नेकपा माओवादीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई घेराउ गरिरहेको छ । सरकारी र गैरसकारी क्षेत्रमा गरी अहिलेसम्म नेपालमा पाँच सय खर्ब भ्रष्टाचार भएको बताएको छ । ठूला भ्रष्टाचारी र नीतिगत भ्रष्टाचारलाई कार्वाहीको माग गर्दै उसले टंगालस्थित आयोगको कार्यालयलाई घेराउ गरिरहेको छ । करिब दुई हजारको संख्यामा रहेका सर्वसाधारण र माओवादी कार्यकर्ताले मुख्य गेटमा […]

२०७१ माघ १८ गते, आईतवार

माओवादीले अख्तियार घेर्दै भ्रष्टाचारीहरुको नाम सार्वजनिक गर्ने

काठमाडौं, १८ माघ । नेकपा माओवादीले आज दिउसो १ बजे अख्तियार दुरुपयोग अनुअसन्धान आयोग घेराउ गर्ने भएको छ ।काठमाडौंको बिशालनगरवाट आज दिउसो १२ बजे माओवादीका उच्च स्तरका नेतासहितको टोलीले अख्तियारको केन्द्रीय कार्यालय घेराउ गरेर ज्ञापन पत्र समेत बुझाउने माओवादीले बताएको छ । यसैगरी ,माओवादीले आज ठूला भ्रष्टाचारीहरुको नाम सार्वजनिक गर्ने भएको छ ।टंगालस्थित अख्तियार दुरुपयोग […]

२०७१ माघ १८ गते, आईतवार

माओवादीले आइतबार अख्तियार घेर्ने

काठमाडौं, १७ माघ । नेकपा माओवादीले भोलि आइतबार दिउसो १ बजे अख्तियार दुरुपयोग अनुअसन्धान आयोग घेराउ गर्ने भएको छ ।काठमाडौंको बिशालनगरवाट भोलि आइतबार दिउसो १२ बजे माओवादीका उच्च स्तरका नेतासहितको टोलीले अख्तियारको केन्द्रीय कार्यालय घेराउ गरेर ज्ञापन पत्र समेत बुझाउने माओवादीले बताएको छ ।

२०७१ माघ १७ गते, शनिबार

कालोबजारी नियन्त्रण नगरे माओवादी अगाडी बढ्ने

काठमाडौँ, १५ माघ। नेकपा माओवादीले खाना पकाउँने ग्याँस, पेट्रोलियम पदार्थको सहज आपूर्ति, कालोबजारी रोक्न, अन्तर्राष्ट्रिय बजार अनुसार पेट्रोलिय पदार्थको मूल्य निर्धारणको माग गर्दै नेपाल आयन निगम घेराउ गरेको छ । काठमाडौँको सुन्धाराबाट नारा जुलुससहित माओवादी नेताहरु बबरमहलस्थित आयल निगम पुगेको थिए ।माओवादीले नेवा: राज्य समिति इन्चार्ज इश्वरी दाहाल नेतृत्वको टोलीले आयल निगम घेराउसँगै निगमका कार्यकारी […]

२०७१ माघ १५ गते, बिहीबार

माओवादीद्वारा २३ विगाह जग्गा कब्जा

काठमाडौँ । नेकपा माओवादीले बाराको मनहर्वा–९ लामिडाँडास्थित विनयराज पाण्डेको २३ विगाह जग्गा कब्जामा लिएको छ । ‘यो जग्गा कोही कसैले खरिद बिक्री गर्न पाउने छैन’ शुक्रबार राति पाण्डेको जग्गामा टागिएको बोर्डमा लेखिएको छ, ‘यदि कसैले खरिद बिक्री गरेमा सुकुम्बासी ढारा सशक्त प्रतिकार गरिनेछ ।’ कब्जा गरिएको जग्गामा पार्टीको झण्डासमेत गाडिएको छ ।यो जमिन तत्कालीन माओवादीले […]

२०७१ माघ १३ गते, मंगलवार

काङ्ग्रेस र एमालेले लोकतन्त्रको खिल्ली उडाए : प्रकाण्ड

काठमाडौँ । नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले संसदवादीहरुको मुर्खताले देशमा अनिष्टता निम्त्याउन खोजेको बताएका छन् । आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता प्रकाण्डले देश र जनताका बारेमा संसदवादीहरु अलिकति पनि जिम्मेवार नभएको बताए। प्रकाण्डले नेपाली जनताका अगाडि लडेर अधिकार लिनुको कुनै विकल्प नरहेको बताए । त्यसका लागि आम जनतालाई आआफ्नो ठाउँबाट संघर्षमा उत्रिन उनले […]

२०७१ माघ १२ गते, सोमबार

संविधानसभामा सत्तापक्ष र प्रतिपक्षबीच भाले भिडन्त हुँदै

काठमाडौँ । संविधानसभाको आज बस्ने बैठकमा विपक्षी दलहरुलाई पेलेर अगाडी बढ्ने तयारी गरिएको बुझिएको छ । सत्तापक्षले पेलेर अगाडि बढ्ने नीति लिएपछि बिपक्षीहरु पनि सोहि अनुरुप प्रतिबादको नीति अख्तियार गर्दैछन् । सत्ता पक्ष र विपक्षको आ-आफ्नै अडानका कारण आजको संबिधानसभाको बैठकमा पुनः भिडन्त हुने निश्चित भएको स्रोतले बताएको छ । विपक्षीलाई घेराबन्दी गर्दै सत्ता पक्ष […]

२०७१ माघ ११ गते, आईतवार