मुख्य समाचार

शरीरमा गोलीका खोका बोकेर हिँड्न बाध्य

काठमाडौँ, १७ भदौ । सशस्त्रद्वन्द्व समाप्त भएको एक दशक बितिसक्दा पनि उपचार हुन नसकेपछि माओवादी नेता शरीरमा गोलीका खोका बोकेर हिँड्न बाध्य भएका छन् । सशस्त्रद्वन्द्वकाक्रममा तत्कालीन सेनाले हानेको गोली लागेका इलाम, मंगलबारे–३ (हाल देउमाई नगरपालिका) तपेवाका राम राई र जोगमाई–२ का तेजबहादुर राई अहिले पनि शरीरमा गोली बोकेर हिँड्न विवश छन् । रामको दुबै […]

२०७३ भाद्र १७ गते, शुक्रबार

नेकपा (माओवादी) केन्द्रीय कमिटीको बैठक सम्पन्न

काठमाडौँ, १५ भदौ । नेकपा (माओवादी) केन्द्रीय कमिटीको बैठक सम्पन्न भएको छ । बैठकले संगठनलाई सुद्रिढ एकताबद्ध बनाएको पार्टी प्रवक्ता प्रकाण्डले बताएका छन । यसैगरी बैठकले रास्ट्रघात र राजनीतिक प्रतिगमन बिरुद्द र जनजीविकाको बिषयलाई लिएर देशव्यापी संघर्ष चलाउने निर्णय लिएको बताइएको छ । बैठकले निकट भविस्यमै पार्टीको आठौ महाधिबेशन गर्ने र जनयुद्धको बैधता र आधिकारिकता […]

२०७३ भाद्र १५ गते, बुधबार

आन्दोलनको विकल्प छैन : अस्थायी शिक्षक

काठमाडौं, १४ भदौ । अस्थायी शिक्षकहरुले शिक्षा ऐनले आफूहरुको मागलाई सम्बोधन नगरेको गुनासो गरेका छन् । आज राजधानीमा कार्यक्रम गरी उनीहरुले सरकारले आफूहरुको मागलाई बेवास्ता गरेपछि अब आन्दोलनमा जानुको विकल्प नभएको बताएका हुन् । ३२ वर्षदेखि शिक्षण पेशामा रहेकाहरुलाई सरकारबाट कुनै राहत र सुविधा प्राप्त नहुने गरी ऐन ल्याइएको उनीहरुको भनाइ थियो । कार्यक्रममा अस्थायी […]

२०७३ भाद्र १४ गते, मंगलवार

‘भारत भ्रमणमा जानुअघि विज्ञहरुको राय लिन्छु ‘

काठमाडौं, १३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू भारत भ्रमणमा जानुअघि विज्ञहरु बोलाएर राष्ट्रिय महत्वका विषयहरुमा नीतिगत र प्राविधिक राय लिने बताएका छन । आज राष्ट्रिय सरोकार अभियान नेपालको टोलीसँगको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । प्रधानमन्त्रीले भने , ‘तपाईहरुले धेरै गम्भीर विषयहरु उठाउनुभएको छ । राष्ट्रिय महत्वका विषयहरुमा राष्ट्र हित विपरित निर्णय […]

२०७३ भाद्र १३ गते, सोमबार

‘माओवादी केन्द्र राष्ट्रियताबारे लड्ने वा आत्मसमर्पण गर्ने विन्दुमा छ’

काठमाडौं, १३ भदौ । नेकपा (माओवादी केन्द्र) का नेता रामबहादुर थापा ‘बादल’ ले अहिले देश बाह्य हस्तक्षेपको दलदलमा परेको र पार्टी राष्ट्रिय मुद्दामा निर्णायक विन्दुमा रहेको बताएका छन् । विदेशी दलालले सिधै आफैं नआई देशभित्रैबाट दलाल खडा गरेर विकासोन्मुख मुलुकहरुमा शासनसत्ता चलाउँदै आइरहेको बताउँदै त्यस्ता दलाललहरुलाई परास्त गर्नुको विकल्प पार्टीसँग नरहेको बताए । सरकारको नेतृत्व […]

२०७३ भाद्र १३ गते, सोमबार

साल्ट ट्रेडिङका भ्रष्टहरु कोकोहोलो मच्याउँदै

काठमाडौ, १२ भदौ । विभिन्न पत्रपत्रिका र दर्जनौँ अनलाइनबाट साल्ट ट्रेडिङमा भ्रष्टहरुको जगजगी भन्ने समाचार प्रकाशन भएपछि उनीहरुले कोकोहोला मच्याउन थालेको स्रोतले बताएको छ । साल्ट ट्रेडिङ कं. लि. का कार्यकारी निर्देशक उर्मिला श्रेष्ठ र डिभिजिनल म्यानेजर ब्रजेशकुमार झाले कम्पनीमा गरेका भ्रष्टाचारको केही अंश सार्वजनिक भएपछि उनीहरु कोकोहोला मच्याउँदै त्यस्तो समाचारले आफ्नो रौँ समेत हल्लाउन […]

२०७३ भाद्र १२ गते, आईतवार

प्रचण्ड मन्त्रिपरिषद ६१ सदस्यीय पुग्ने

काठमाडौ , ११ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले तीन सातामै मन्त्रिपरिषद तेस्रोपटक विस्तार गरी ‘जम्बो’ बनाउने क्रम सुरु गरेका छन्। दाहालले शुक्रबार प्रमुख सत्ता साझेदार कांग्रेसका १३ जनालाई मन्त्री नियुक्त गरेका छन्। कांग्रेसका मन्त्री थपिएपछि मन्त्रिपरिषद ३१ सदस्यीय भएको छ। दाहालले चार मन्त्रालय पशुपक्षी विकास, खानेपानी तथा सरसफाइ, महिला, बालबालिका तथा समाज कल्याण र विज्ञान […]

२०७३ भाद्र ११ गते, शनिबार

‘सुमार्गीको पैसा किन रोकियो ?’

काठमाडौ , ९ भदौ । लामो समयदेखि रोकिएको व्यापारी अजेय सुमार्गीले विदेशबाट ल्याउन खोजेको रकमबारे प्रधानमन्त्री पुष्पकमल दाहालले चासो देखाएका छन् । उनले अर्थ मन्त्रालय र राष्ट्र बैंकका उच्च अधिकारीहरूको समूहिक बैठक आयोजना गरी रोकिएको रकमबारे सोधखोज गरेका हुन् । दाहालले सबै अधिकारीको धारणा बुझे पनि कुनै पनि निकायलाई केही निर्देशन दिएका छैनन् । ‘कार्यालय […]

२०७३ भाद्र ९ गते, बिहीबार

माअाेवादी नेता तथा कार्यकर्तामाथिकाे दमन अपाच्य : विप्लव

काठमाडौ । नेकपा (माअाेवादी) का महासचिव विप्लवले प्रहरी प्रशासनले षड्न्त्रपूर्ण तरिकाले अाफ्ना नेता तथा कार्यकर्तामाथि भइरहेकाे दमन अपाच्य भएकाे बताएका छन् । महासचिव विप्लवले बुधबार एक विज्ञप्ति निकाल्दै पार्टीका कपिलबस्तुका सचिवायल सदस्य गणेश थारुलाई पेस्ताेल बाेकाएर अदालतमा पेश गरेकाे भन्दै अापत्ति जनाएका छन् । ‘प्रशासनले बिना प्रमाण कार्यकर्तालाई फसाउन खाेजिए राज्यले त्यसकाे ठूलाे मुल्य चुकाउनु […]

२०७३ भाद्र ९ गते, बिहीबार

सेना र सिकारीबीच गोली हानाहान

काठमाडौ, ९ भदौ । नेपाली सेना र शिकारीबीच गोली हानाहान भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको सुरक्षार्थ गस्तीमा हिँडेका सुरक्षाकर्मी र शिकारीबीच गोली हानाहान भएको हो । निकुञ्जको भास तालदेखि पूर्वमा पर्ने घट्टेकुला नजिक सुरक्षाकर्मी र शिकारीबीच बुधबार साँझ गोली हानाहान भएको हो । निकुञ्ज सुरक्षार्थ सेनाको टोली खटिदै आएको छ । बाँसगढी नगरपालिकादेखि उत्तरमा […]

२०७३ भाद्र ९ गते, बिहीबार