चीन नेपाली विद्यार्थीहरुको समस्याप्रति गम्भीर

२०७३ कार्तिक १२ गते, शुक्रबार

काठमाडौं, १२ कात्तिक । चीन सरकारले आफ्नो देशबाट एमबीबीएस अध्ययन गरेर फर्केका नेपाली विद्यार्थीहरुको समस्या समाधान गर्न तयार रहेको जनाएको छ । अरनिको समाजले विहीबार राजधानीमा गरेको कार्यक्रममा चीन सरकारअन्तर्गतको छात्रवृत्ति विभागका डेपुटी सेर्केटरी जनरल वाङ साङ काङले यस्तो प्रतिबद्धता जनाएका हुन् । चीनमा एमबीबीएस अध्ययन गरेर फर्केका नेपाली डाक्टरहरुलाई नेपाल मेडिकल काउन्सिलले मान्यता दिएको छैन ।
यस सम्बन्धमा चीन सरकार गम्भीर रहेको भन्दै वाङले यस सम्बन्धमा चीन र नेपालको शिक्षा मन्त्रालयबीच छलफल भइरहेको जानकारी दिए । उनले यस विषय चाँडै नै समाधान हुने विश्वास व्यक्त गर्दै चीन सदैव नेपाली विद्यार्थीहरुको पक्षमा रहेको पनि बताए । अरनिको समाजले पनि छात्रवृत्तिको व्यवस्थालाई व्यवस्थित गर्न माग गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु