कला तथा साहित्य

सर्वहारा नेता – प्रशान्त लामा दोङ

अलिसान महलमा बस्छौ नाम चाही गरिब अरे सुरा र सुन्दरी साथ बस्छौ त्यसैले गरिब क्यारे सुकिला र मुकिला भएर बस गरिब नेता हो नि करोडको गाडी चढ सम्पति त तीन तोला होनि उद्योग मेरै कारखाना मेरै नाम पो अरूको सम्पति त खरबै छन सर्वहारा गरिब नेताको झुट बोल्ने हाम्रो बोलि के प्यार – प्यार कराउँछौ […]

२०७३ पुष १ गते, शुक्रबार

गजल – इन्दिरा प्रयास

हँसाएर क्षण मै रूवायौ कसरी दर्शाएर त्यो माया छुपायौ कसरी मेरो आशा भरोशा जिन्दगी भन्दै समाज अघि शीर झुकायौ कसरी आयौ सियो बनी फाली बनी निस्क्यौ फेरि आफ्नै मुटु लुटायौ कसरी पानी माथि ओभानो हुने नाटक गर्दै उल्टै प्रियसीमा दोष लगायौ कसरी हिमाली पहाड़ी तराई छुट्टै पार्दै सारा नेपालीलाई बजायौ कसरी बिद्रोहको आगो सल्काएर फेरि […]

२०७३ मंसिर ३० गते, बिहीबार

सारंगी रेटेरै हुर्काए ९ सन्तान !

काठमाडौं, २९ मंसिर । गोरखाको मसेल गाविस–९ घ्याम्पेशालमा दिनहुँजसो सबेरै सारंगीको धूनसँगै गीत सुन्न पाइन्छ । गाउँलेका घर, आँगन पुगेर सारंगीको धूनसँगै गीत गाएर सुनाउने ती व्यक्ति हुन्, ७१ वर्षीय लालबहादुर गन्धर्व । धर्मराज थापाले गाएको ‘हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा’ बोलको गीत प्रायः उनले गाएर सुनाउँछन् । ९ वर्षको हुँदा सारंगी बजाउने सीप […]

२०७३ मंसिर २९ गते, बुधबार

प्रलेस ३ मा थपलिया, सम्मेलन फागुन २१ मा

काठमाडौँ । नेपालका कम्युनिस्टहरूका सामन्तवाद र साम्राज्यवाद विरोधी साझा मोर्चाको रूपमा रहेको नेपालको सबैभन्दा पुरानो साहित्यिक सङ्गठन प्रगतिशील लेखक सङ्घ, नेपालको ३ नम्बर प्रदेशको प्रथम भेला सम्पन्न भएको छ । काठमाडौंमा सम्पन्न उक्त भेलाको उद्घाटन प्रलेसका केन्द्रीय अध्यक्ष मातृका पोखरेलले गरेका थिए । भेलाले केन्द्रीय उपाध्यक्ष खेम थपलियालाई प्रादेशिक संयोजकमा निर्वाचित गर्दै ७७ सदस्यीय ३ […]

२०७३ मंसिर २६ गते, आईतवार

नारायणगोपालसँग बितेका मेरा २० वर्ष – पेमला गुरुवज्राचार्य

प्रेमको सुरुवात, भेटघाट र विवाह त्यतिखेर म दार्जिलिङको गभर्मेन्ट कलेजमा पढ्थेँ र क्यासल्टन कटेजमा बस्थेँ । मेरो एकजना मिल्ने साथी थिइन्, सिक्किमकी देविका राई । हामी दुबैलाई नेपाली गीतप्रति ठूलो अभिरुचि थियो । देवुचाहिँ खुबै गीत पनि गाउँथी, म भने सुनेर मात्र सन्तुष्टि लिन्थेँ । हाम्री भान्से दिदीसँग एउटा सानो रेडियो थियो । हामी शनिबार […]

२०७३ मंसिर २६ गते, आईतवार

कलाकार तथा गायक आरपी भट्टराईको निधन

काठमाडौं, २४ मंसिर । चर्चित कलाकार तथा गायक आरपी भट्टराईको निधन भएको छ । टेलिचलचित्र तीतो सत्यमा ‘लाजाराम’को चरित्रमा देखा पर्ने भट्टराईको आज निधन भएको हो । प्रेसर र सुगरले पीडित भट्टराईको शुक्रबार विराटनगरस्थित आफ्नै निवासमा निधन भएको कलाकार दीपकराज गिरीले जानकारी दिए । उनले दर्जनौं टेलिफिल्ममा अभिनय गरेका थिए । त्यसमा पनि तीतो–सत्यमा ‘लाजाराम’ […]

२०७३ मंसिर २४ गते, शुक्रबार

अचेल – अशोक कुँवर ‘नेत्र’

फुटबल खेलेर तर्साइएको मेरो जिन्दगीको रङ्गशाला अचेल विदु्रप बनाइएको छ खेलाडीका बुटका गोटीहरूद्वारा । आइया ! निकालेर ऐजन शब्दहरू निस्प्राण बन्दै छु ठोकिएको छ किला ठ्वाकठ्वाक हिजो भर्खरैको कुरा हो खाली पारिएको थियो कबड हल अब यहाँ दाइँ गर्ने अरे । तारेर स्निग्ध सयपत्री फुलको थुँगालाई युगले चपाएको छ यतिखेर एउटा स्वादिष्ट परिकार बनाएर अचेल […]

२०७३ मंसिर २४ गते, शुक्रबार

संगीतकार भट्टको सङीतमा ‘एउटै दुख एउटै चोटमा रुन पाएनौ ” गीतको पुरुस आबाज रेकर्ड सम्पन्न

काठमाडौँ, २४ मंसिर । नेपाली गीत संगीतको बजारमा एक अर्को प्रतिभाको उदय भएको छ । गोर्खा जिल्लामा जन्मिएर हाल बर्दियामा बसोबास गर्दै आएकी सिमा चन्द यस क्षेत्रमा प्रवेश गरेकी छन् । उनको प्रस्तुतिमा छ र यहाँ नरुने कुन आँखा , आँसु एउटै रोएनी जुन आँखा , एउटै दुख एउटै चोटमा रुन पाएनौ , तिम्रो मेरो […]

२०७३ मंसिर २४ गते, शुक्रबार

नायिका मिरा गुरुङ गायनमा पनि ,ल्याईन गुरुङकी छोरी

काठमाडौं, २३ मंसिर । पछील्लो समय नेपाली नायिकाहरु गायनमा पनि सकृय हुन थालेका छन । यही क्रमलाईपछ्छ्याउदै गुरुङ चलचित्रकी चर्चित नायिका मिरा गुरुङ अब गायिकामा पनि फड्को मारेकी छिन् । आधा दर्जन गुरुङ चलचित्रकी नायिका तथा अमेरिकन नेपाली कलाकार संघको भईस प्रेसीडिण्ट समेत रहेकी मिरा गुरुङ ‘गुरुङ कि छोरी’ गीत मार्फत गायनमा प्रबेश गरेकी हुन […]

२०७३ मंसिर २३ गते, बिहीबार

छन्त्यालको “फेसबुकले भेट गरायो” सार्वजनिक

काठमाडौं मङ्सिर २३। “चाइना तिर जाम” “लास्टै टेन्सन भो” जस्ता चर्चित एल्वमबाट चर्चा बटुलेका गायक यूवराज छन्त्याल “फेसबुकले भेट गरायो” एल्बम लिएर दर्शक श्रोताहरुको माझमा आएका छन । गायक छन्त्यालले आफ्नो नयाँ गीत युट्युब मार्फत सार्वजनिक गरेका हुन् । आजभोली फेसबुकबाटै लभ पर्ने र विवाह गर्ने लगायतका कुराहरुलाई समेटर गीतलाई तयार गरिएको छ । प्राय […]

२०७३ मंसिर २३ गते, बिहीबार