प्रवास

मलेशियामा नेपाली अलपत्र

धादिङ, असार ४ – गत जेठ ३१ गते नेपालबाट वैदेशिक रोजगारीका लागि मलेशिया पुगेका ३३ जना नेपाली पाँच दिनदेखि मलेसिया अन्र्तराष्ट्रिय विमानस्थलमा अलपत्र परेका छन् । मलेशिया उडेका ३३ जना मध्य १९ जना काठमाडौं बालाजुमा रहेको इनोभेटिभ सर्भिसबाट गएका थिए । गतशुक्रबार दिउँसो नेपालबाट मलेसिया उडेका ति सबैलाई शनिवार विहान मात्र मलेसियाको विमानस्थल पुर्‍याईएको थियो […]

२०७० असार ४ गते, मंगलवार

साउदी अरवबाट ३५ हजार नेपाली फर्किने

काठमाडौं , ३ असार । साउदी अरेबियामा अवैधानिक रुपमा रहेका ३५ हजार नेपालीले स्वदेश फर्कन ट्राभल डकुमेन्ट लिएका छन् । पछिल्लोपटक साउदी सरकारले ल्याएको ‘घर फर्क वा बैधानिक होउ’ अफर अन्र्तगत रियादस्थित नेपाली दूताबासबाट ३५ हजारभन्दा बढी नेपालीले स्वदेश र्फकन ट्राभल डकुमेन्ट लिएका हुन् । ‘स्वदेश फिर्तीका लागि ३५ हजार नेपालीको रिटर्न भिसामा नेपाली मिसनले […]

२०७० असार ३ गते, सोमबार

कुबेतमा ५ सय नेपाली पक्राउ

काठमाण्डौं, ३१ जेठ। डेढ महिनायता कुवेत प्रहरीले ५ सयभन्दा बढी नेपालीलाई पक्राउ गरेको छ । अवैध आप्रवासी कामदार पक्राउ गरी डिपोर्ट (स्वदेश फर्काउने) गर्ने अभियान अन्तर्गत विभिन्न स्थानमा छापा मारिएको हो ।पक्राउमध्ये डेढसयजतिलाई नेपाल फर्काइसकिएको छ । कुवेतमा रहेका करिब ७५ हजार नेपाली कामदारमध्ये ५ हजार अवैध रुपमा बसिरहेको बताइञ्छ । कुवेत सरकारले डेढसयजति फर्काइसकेको, […]

२०७० जेष्ठ ३१ गते, शुक्रबार

वर्ष दिनभित्र बैदेशिक रोजगारीमा गएका सात सय नेपालीको मृत्यु

०६९ साउन १ देखि वैशाख समान्तसम्म वैदेशिक रोजगारमा गएका नेपाली कामदारमध्ये ६ सय ८५ नेपाली कामदारको निधन भएको छ । जसमध्ये पुरुष संख्या ६ यस ३२ र महिला १४ जना छन् । ०६९ साउन १ देखि वैशाख समान्तसम्म निधन हुनेमा ५ यस ७७ नेपाली रहेको प्रवद्र्धन बोर्डले बताएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको निमित्त […]

२०७० जेष्ठ २६ गते, आईतवार

बलात्कारपछि नेपाली महिलाको हत्या

लन्डन । बेलायतस्थित रेडिङ सहर नजिक आर्वरफिल्ड निवासी एक नेपाली महिलाको बलात्कारपछि हत्या भएको छ ।पाँचथर थर्पु– ६ स्थायी घर भएकी ४० वर्षीया कृष्णमाया माबोको हत्या भएको हो । गत आइतबार साँझ ६ बजे घरबाट हिंड्डुल गर्न निस्किएकी माबो मध्यरातसम्म पनि नफर्किएपछि परिवारले स्थानीय प्रहरीलाई खवर गरेको थियो ।प्रहरीले तालिमप्राप्त कुकुर र हेलिकप्टरको सहयोगमा त्यस […]

२०७० जेष्ठ २२ गते, बुधबार

बलिउड अभिनेत्री जिया खानले आत्महत्या गरिन्

काठमाडौ, २१ जेठ । बलिउड अभिनेत्री एब गजनीचलचित्रकी नायिका जिया खानले आत्महत्या गरेकी छन् । मुम्बई प्रहरीले उनको शव उनकै निवासमा फेला पारेको जनाएको छ । उनले आत्महत्या गर्नुको कारण भने खुलाइएको छैन । उनको शव कुपर अस्पतालमा राखिएको छ।२५ वर्षीया जिया आफ्नै आमासँग जुहुस्थित घरमा बस्दै आएकी थिइन् । सन् २००७ मा रामगोपाल बर्माको […]

२०७० जेष्ठ २१ गते, मंगलवार

कोरियामा नेपालीको मृत्यु

काठमाडौं, १९ जेठ– वैदेशिक रोजगारका सिलसिलामा दक्षिण कोरियामा रहेका लोकेन्द्र स्माली मगरको मृत्यु भएको छ । कोरियाको इन्छन पुच्छनस्थित एक कम्पनीमा कार्यरत भोजपुर चम्पेका मगरको आइतबार विहान मृत्यु भएको हो । उनी १३ महिनाअघि कोरिया पुगेका थिए । सँगै खाना खाएर सुतेका मगर विहान ६ बजेतिर छटपटाएको र साथीभाइले पानी खुवाएलगत्तै उनको मृत्यु भएको बताइएको […]

२०७० जेष्ठ १९ गते, आईतवार

चलचित्र निर्देशक घोषको निधन

काठमाडौं, जेठ १६ – भारतका चर्चित चलचित्र निर्देशक ऋतुपर्णो घोषको ४९ वर्षको उमेरमा हृदयघातबाट निधन भएको छ ।उनको निधन दक्षिण कोलकाताको आफ्नै निवासमा भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।१२ पटक राष्ट्रिय पुरस्कार र केही अन्तर्राष्ट्रिय पुरस्कार पनि पाएका घोष केही समययता पाचन प्रक्रियामा देखिएको समस्याबाट पीडित थिए ।१९९२ देखि फिल्मी करियर सुरु गरेका घोषले […]

२०७० जेष्ठ १६ गते, बिहीबार

यूएईमा नेपाली साहित्यिक महोत्सव हुने

सम्युत्त अरव एमिरेट्स युएईमा साहित्यिक कार्यक्रम हुने भएको छ । यहाँ कार्यरत नेपाली साहित्यकारहरुको पहलमा अनाथ बालबालिकाको शिक्षा र स्वास्थ्यमा सहयोग गर्नका लागि कार्यक्रम गरिन लागिएको हो । आउदो शुक्रबार दुबइको इम्पेरियल स्वीट होटलमा हुने कार्यक्रमको स्थानिय सम्योजकत्व परमा सुबेदी घाणेकरले गरेकी छन । यूएईमा साहित्यिक कार्यक्रम हुने गरेका भएपनि अनाथ बालबालिकाको शिक्षा र स्वास्थ्यमा […]

२०७० जेष्ठ १५ गते, बुधबार

अष्ट्रेलियाका वासिन्दा सबैभन्दा सुखी

फ्रान्सको आर्थिक सहयोग तथा विकास संगठनले तयार पारेको उच्चतम जीवन सुचकांकमा अष्ट्रेलिया लगातार तेश्रोपल्ट शीर्ष स्थानमा पर्न सफल भएको छ । स्वीडेन, क्यानडा, नर्वे र स्वीटजरल्याण्ड शीर्ष पाँचमा परेका छन् । विकसित अर्थव्यवस्था भएका ३० भन्दा बढी देशहरुमा आयस्तर, स्वास्थ्य, सुरक्षा, आवास जस्ता मापदण्डलाई आधार बनाई सर्वेक्षण गरिएको थियो । संगठनका अनुसार अष्ट्रेलियाका १५ देखि […]

२०७० जेष्ठ १४ गते, मंगलवार