बारको सल्लाहकार समितिको भेला हुदै

२०७१ बैशाख १४ गते, आईतवार

काठमाडौ,१४ वैशाख ।नेपाल बार एसोसियसनले आज केन्द्रीय सल्लाहकार समितिको भेला बोलाएको छ ।सर्वोच्च अदालतका लागि न्यायपरिषदको गरेको सिफारिसका विषयमा छलफल गर्न दिउँसो ४ बजे भेला बोलाइएको बारका उपाध्यक्ष टीकाराम भट्टराईले जानकारी दिए ।बारले न्यायाधीशहरु वैद्यानाथ उपाध्याय र ओमप्रकाश मिश्र बाहेकका अरु नाममा आपत्ति जनाउँदै उनीहरुलाई हालतमा सर्वोच्च अदालतभित्र पस्न दिन नहुनेमा जोड दिँदै आएको छ ।
सिफारिसमा परेका व्यक्तिको छवि राम्रो नभएको भन्द बारले ती नाम अनुमोदन नगर्न संसदलाई आग्रह पनि गरिसकेको छ । यस विषयमा ठोस निर्णय गर्न बारले आइतबार सल्लाहकार समितिको भेला बोलाएको हो । समितिमा बरिष्ठ अधिवक्ताहरु तथा बारका पूर्व पदाधिकारीहरु सम्मिलित छन् ।
न्यायपरिषदले वैशाख ९ गते सर्वोच्च अदालतको स्थायी न्यायाधीशमा वैद्यनाथ उपाध्याय, गोपाल पराजुली, दीपकराज जोशी, गोविन्दकुमार उपाध्याय, ओमप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्रशम्सेर जवरा र जगदिश शर्मा पौडेललाई नियुक्त गर्न सिफारिस गरेको थियो ।

प्रतिक्रियाहरु