जंगली हात्तीले पाक्न लागेको धान सखाप पार्यो !

२०७८ आश्विन ३ गते, आईतवार


काठमाडौँ । सागरनाथ वन विकास परियोजनाको जंगलसँगै टाँसिएको श्रीनगर, हरकठवा, सागरनाथ लगायत क्षेत्रमा जंगली हात्तीले बालीनाली नष्ट गर्दै आइरहेको छ । जंगली हात्तीले सर्लाहीको ईश्वरपुर नगरपालिकाका विभिन्न स्थानमा किसानको पाक्न लागेको धान नष्ट गर्दा किसानलाई समस्या परेको छ । दिनभर नजिकैको जंगलमा बस्ने हात्तीले रात परेपछि किसानको खेतमा पसेर मुखैमा धान बाली नष्ट गर्ने गरेको छ । थाल भाँडा ठटाउने र आगो बाल्ने गर्दा पनि हात्तीहरु अटेरी भई धान खाइदिने गरेको स्थानीय किसानहरुले बताएका छन् । सर्लाहीमा ४ महिनाअघि आएका तीनवटा हात्ती, आएको ठाउँतिर फर्किएर गएका छैनन् । ती हात्तीले सागरनाथ र बाँके जंगलमा बसेर किसानको अन्नबाली खाइदिने, घरका बेराघेरा भत्काउने गर्दै आएका छन् ।

प्रतिक्रियाहरु