काठमाडाैँ उपत्यकामा कोरोनाको जोखिम : अत्यावश्यक काममा बाहेक अरूलाइ सवारी पास वितरण नगरिने !

२०७७ असार २३ गते, मंगलवार

काठमाडाैँ, २३ असार । जिल्ला प्रशासन कार्यालय काठमाडाैँले एक सूचना जारी गर्दै अत्यावश्यक काममा बाहेक अरूलाइ सवारी पास वितरण नगरिने र काठमाडाैँबाहिर जाने सवारीले कुनै पनि यात्रु नलिइकन फर्कनुपर्ने लगायत नियमहरू लागू गरेकाे छ । काठमाडाैँ उपत्यकामा काेराेना संक्रमण समुदायस्तरमै फैलिन थालेकाे र जाेखिम उच्च रहेकाे निष्कर्षसहित पास वितरणमा कडाइ गरेकाे बताइएको छ ।
पछिल्लाे समय लकडाउन खुकुलाे भएर जाेर-बिजाेरका आधारमा काठमाडाैँमा निजी सवारी साधन चल्न दिइएकाे छ । तर मानिसहरू बेपर्वाह हुँदै गएकाे, भीड बढ्न थालेकाे र उपत्याकाबाहिरबाट पनि मानिसहरू भित्रिने क्रम बढेकाे भन्दै यसले संक्रमणकाे जाेखिम बढेकाे कार्यालयले जनाएकाे छ । मृत्यु, अस्पताल, विवाह सरकारी एवं आयाेजना/परियाेजनाका कर्मचारी र अन्य प्राथिमकता प्राप्त कार्यमा खटिने जनशक्तिकाे औचित्य विचार गरेर मात्र सवारी पास जारी गर्ने प्रशासनले निर्णय छ । अत्यावश्यक कामका लागि भनेर पास लिने जथाभावी यात्रु ओसार्ने गरेमा तथा मास्क नलगाएरै हिँडेमा संक्रामक राेग ऐन २०२० बमाेजिम कारबाही हुने समेत प्रशासनले जनाएकाे छ । साथै सार्वजनिक रूपमा चल्ने भाडाका सवारीहरू जस्तैः ट्याक्सी, सुमाे, माइक्राेबस तथा ठूला बसका लागि हाल सवारी पास जारी नगरिने समेत जनाइएकाे छ ।

प्रतिक्रियाहरु