नेप्सेमा दोहोरो अंकले गिरावट

२०७६ भाद्र ११ गते, बुधबार

काठमाडौं ,११ भदौ । आज नेप्से परिसूचक १०.२६ अंकले घटेर ११९७.७५ अंकमा आइ पुगेको छ । साताको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्जमा दोहोरो अंकको गिरावट आएको हो । मंगलबार भने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४ दशमलव ८७ अंकले बढेर १ हजार २ सय ८ बिन्दूमा पुगेर कारोबार बन्द भएको थियो । यस दिन कुल १६८ कम्पनीको १३ लाख २१ हजार ४८६ कित्ता शेयर ३७ करोड २४ लाख १७ हजार रुपैयाँमा कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार कुल १६७ कम्पनीको ८ लाख ५० हजार ३८६ कित्ता शेयर २४ करोड ४६ लाख ६८ हजार २ सय ९ रुपैयाँ बराबरको कारोबार भएको थियो । यस दिन कारोबारमा आएका सबै समूहमा गिरावट आएको छ ।
बुधबार आरएमडीसी माइक्रो फाइनान्स कम्पनीको संस्थापक शेयर सबैभन्दा बढी १० करोडभन्दा बढीको कारोबार भएको छ ।यस दिन सबैको लघुवित्त कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको झण्डै १० प्रतिशतले शेयर मूल्य बढेको छ ।
त्यस्तै यस दिन सबैभन्दा धेरै गुमाउनेमा दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ता रहेका छन् । यस कम्पनीको शेयर करिब ५ प्रतिशतले घटेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

ब्रोकर कमिशन घट्ने

२०८१ बैशाख २४ गते, सोमबार