इलेक्ट्रोनिक्स एक्स्पो तथा व्यापार मेला सुरु

२०७५ पुष २६ गते, बिहीबार

काठमाडौं, २६ पुस । भक्तपुर विद्युतीय साम्रगी व्यवसायी संघको आयोजनामा भक्तपुरको सल्लाघारीमा तेस्रो इलेक्ट्रोनिक्स एक्स्पो तथा व्यापार मेला सुरु भएको छ । सो मेलाको नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले उद्घाटन गरेका हुन् । मेलाको उद्घाटनसत्रलाई सम्बोधन गर्दै अध्यक्ष बिजुक्छेंले ईलेक्ट्रोनिक्स सामानहरु बनाउने उद्योगहरु आफनै देशमा स्थापना गर्नु पर्नेमा जोड दिए । उनले भने, “विदेशी सामान विक्रि गर्नु भन्दा पनि आफ्नै देशमा उत्पादित सामानहरु विक्रि वितरण तथा प्रवद्र्धन गर्नु सके यसले देशको अर्थतन्त्रमा थप टेवा पुग्नुका साथै रोजगारमा समेत मद्दत पुग्ने छ ।” विदेशी उत्पादनका सामानहरुले ब्यापार घाटा बढाएको तर्फ सबै पक्ष सोच्नु पर्ने अवस्था आएको समेत उनको भनाई छ । प्रतिनिधिसभाका साँसदप्रेम सुवालले मेला सञ्चालन भइरहेको १ सय ८ रोपनी चौर भक्तपुरका जनताकै सम्पत्ति भएको बताए ।
बिगत देखि नै भक्तपुर नगरपालिकाले सञ्चालनमा ल्याइरहेको ख्वप कलेजको संरचना विश्वविद्यालय बनाउन पूर्ण रहेको र यो चौरमा ख्वप विश्वविद्यालयका लागि उपयुक्त रहेकाले समेत बिगतदेखि नै सरकारसँग यो चौरको माग भइरहेको बताए ।
पाँच दिनसम्म चल्ने मेलामा एक सय ५० स्टलहरु रहेका छन् जसमध्ये एक सय स्टलहरुमा विद्युतीय सामग्रीसँगै सूचना प्रविधिका साम्रगी रहने छ भने बाँकी स्टलमा भक्तपुरका मौलिक उत्पादन, अटोमोबाइलका स्टलहरु रहने मेलाका संयोजक माधवप्रसाद प्रजापतिले बताए ।
भक्तपुरलाई इलेक्ट्रोनिक्स हबको रुपमा विकास गर्ने उद्देश्यका साथ संघले प्रत्येक चार चार बर्षमा मेलाको आयोजना गर्दै आएको उनले बताए । मेलामा २ लाख अवलोकनकर्ताले अवलोकन गर्ने र करिब ५० करोड रुपैयाँको हाराहारीमा कारोबार हुने संघका अध्यक्ष पुण्यराम खाताखोले जानकारी दिए

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

ब्रोकर कमिशन घट्ने

२०८१ बैशाख २४ गते, सोमबार