बलात्कारीलाई फाँसीको सजायको माग

२०७५ भाद्र २ गते, शनिबार

काठमाडौं, २ भदौ । बलात्कारीलाई फाँसी दिनुपर्ने माग राख्दै आज महिलाहरुले माइतीघर मण्डलामा अर्धनग्न प्रदर्शन गरेका छन् । पछिल्लो समय बलात्कारका घटना बृद्धि भएपछि बलात्कारीलाई फाँसी दिनुपर्ने माग राख्दै उनीहरुले अर्धनग्न प्रर्दशन गरेका हुन् । प्रर्दशनमा प्रहरीले हस्तक्षेप गर्दा केहीबेर झडप समेत भएको थियो । झडपमा आधा दर्जन प्रर्दशनकारी घाइते भएका छन् । अर्धनग्न प्रर्दशनमा उत्रिएका महिलाहरुलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रियाहरु