बाबुआमालाई आमरण अनसन बसालेर बेपत्ता नुरप्रसाद समातिए

२०७५ श्रावण २० गते, आईतवार

काठमाडौं , २० साउन । महानगरीय प्रहरी अपराध महाशाखाले नुरप्रसाद अधिकारीलाई आइतबार ललितपुरको सानेपाबाट पक्राउ गरेको छ । बाबु-आमा गंगाप्रसाद-नन्दमाया अधिकारीलाई चार वर्ष अघि आमरण अनसन बसालेर बेपत्ता भएका छोरा नुरप्रसाद अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ल उनकी आमा गंगामायाले छोराको खोजी गरिदिन आग्रह गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।
प्रहरीका अनुसार, सम्पर्कविहिन गंगामायाका छोरा नुरप्रसादलाई कुनै मुद्धामा नभएर उनकै आमाको आग्रहमा नियन्त्रणमा लिइएको र उनलाई आमाकै जिम्मा लगाइने छ । सशस्त्र द्वन्द्वका बेला गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या भएको थियो। छोराको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै नन्दप्रसाद र गंगामाया अनसन बसेपछि नुरप्रसाद वेपत्ता भएका थिए । आमरण अनासनाकै क्रममा बाबु गङ्गा प्रसादको मृत्यु भैसकेको छ भने हत्यामा संलाग्बा रहेको आरोप लागेका व्यक्तिले अदालतसमक्ष आत्मसमर्पण गरेपछि गंगामायाले करीब चार बर्ष लामो आफ्नो आमरण अनसन फिर्ता लिएकी छिन l उनलाई बर्तमान ओली सरकारले एक करोड रुपियाँ क्षतिपुर्ति समेत उपलब्ध गराएको छ l

प्रतिक्रियाहरु