रातो मत्सेन्द्रनाथको रथयात्रा आजबाट

२०७० बैशाख २७ गते, शुक्रबार


काठमाडौं , वर्षा र सहकालका देवता रातो मत्सेन्द्रनाथको रथयात्रा आज साँझबाट सुरु हुदैछ । रातो मत्सेयन्द्रनाथलाई ललितपुरको पुल्चोकस्थित रथमा आज साँझ रथारोहण गराइने छ । रथमा आरुढ मत्सेन्द्रनाथलाई भने बैशाख ३० गते साँझ रथयात्रा गराइने भएको छ । आजै मीननाथको रथयात्रा हुनेछ । पुल्चोकबाट गाहिटीतर्फ हुने आज पहिलो दिनको रथयात्राका लागि स्थानीय ज्यापू समाज तथा गुठियार र स्थानीय क्लबले स्वयंसेवा गर्ने भएका छन । यो जात्रा पाटनको सबैभन्दा लामो जात्रा हो

प्रतिक्रियाहरु