अखिल भारत नेपाली स्वतन्त्र महासंघ गठन
काठमाडौँ । भारतमा क्रियाशिल विभिन्न संघ–संगठनहरुले दुर्गा पूसाद अर्यालको संयोजकत्वमा अखिल भारत नेपाली स्वतन्त्र महासंघ गठन गरेका छन् ।नयाँ दिल्लीमा औपचारिक कार्यक्रम गरेर दुर्गा पूसाद अर्यालको संयोजकत्वमा समिति गठन भएको हो ।समितिको उपाध्यक्षमा रामबहादुर डाँगी र तुल्सी ढकाल महासचिवमा दीपक जीसी, सचिवमा रामबहादुर प्यासी, विरबहादुर वोहरा र कृष्ण आर्चाय छन् । त्यसैगरि कोषाध्यक्षमा रमशे शर्मा, सहसचिवजमा बिजय लक्ष्मी अधिकारी तथा सदस्यहरुमा राजेश कोइराला, अमरसिंह श्रीपाली, शिव राना, खुम गुरुङ, मिरा ढुंगाना, मोहन सिंह थापा, फर्सबहादुर थापा, अनिता क्षेत्रि र अमर सुना छन् । समितिको संरक्षकमा कवि कार्की छन भने एक उपाध्यक्ष पद हाललाई रिक्त राखिएको छ ।
महासंघमा हेल्प नेपाली मिसन, प्रवासी नेपाली मित्र मंच, लुम्बिनी गौतम बुद्ध चेरिटेबल ट्रस्ट, प्रवासी नेपाली सदुर पश्चिम सम्पर्क मंच,प्रवासी नेपाली जनकल्याण समिति, नेपाली सास्कृतिक परिवार प्रतिष्ठान , पशुपति सम्पर्क मंच, गुरुङ सेवा समाज र नेपाल समाज आवद्ध रहेको महासचिव जीसीले जारी गरेको विज्ञप्तीमा छ ।