तराईमा होली पर्व मनाइँदै

२०८० चैत्र १२ गते, सोमबार


काठमाडौँ । आज तराईका जिल्लामा फागु अर्थात होली पर्व हर्षोल्लासका साथ एकआपसमा रङ खेली आपसी सद्भाव साटेर मनाइँदै छ ।
आइतबार हिमाली एवं पहाडी जिल्ला सो पर्व मनाइएको थियो । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताका रुपमा मनाउने प्रचलन रही आएको छ ।
मिथिलाञ्चल क्षेत्रमा मनाइने होली देशको अन्यत्र भाग भन्दा फरक हुन्छ। फागु पूर्णिमाका रूपमा समेत बुझिने होली नेपाल र भारतको भूभाग समेटिएको मिथिला बृहत् परिक्रमा क्षेत्रमा पूर्णिमाका दिन पर्दैन। त्यसको भोलिपल्ट पर्छ ।
पूर्णिमाको दिन जनकपुरधामको परिक्रमा गरिने भएकाले मदिरा र मासु सेवन वर्जित गरिएको हुन्छ । दोस्रो पूर्णिमाको दिन १५ दिने परिक्रमाको समापन दिन हो र मिथिलावासीहरू परिक्रमाले थकित भएका हुन्छन् । त्यसैले पूर्णिमाको दिन परिक्रमा घुमेर त्यसको भोलिपल्ट मात्र होली खेल्ने गर्दछन् ।
तराईका जिल्लामा फागु पूर्णिमाको भोलिपल्ट मनाइने होलीमा पहिला भगवानलाई रंग चढाएर र आफ्ना परिवारका सदस्यसँग रंग लगाएपछि आफन्त र छिमेकीसँग खेल्ने गरिन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु