आइसीसी अध्यक्ष ग्रेग बार्क्ले नेपाल आइपुगे

२०८० चैत्र ६ गते, मंगलवार

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अध्यक्ष ग्रेग बार्क्ले काठमाडौं आइपुगेका छन् । उनी चारदिने भ्रमणका लागि सोमबार अपराह्न काठमाडौं आइपुगेका हुन् । २०२७ को यू १९ महिला विश्वकप क्रिकेटको सहआयोजक रहेको नेपालको अवस्थाबारे बुझ्न उनी नेपाल आएका हुन् ।
चार दिने भ्रमणमा आएका अध्यक्ष बार्क्लेले राजनीतिक नेतृत्वहरूसँग पनि छलफल गर्ने कार्यतालिका छ । उनले त्रिवि क्रिकेट मैदान र मुलपानी मैदानको पनि अवलोकन गर्ने भएका छन् । उनले प्रधानमन्त्री, अर्थमन्त्री र युवा तथा खेलकुदमन्त्रीसँग भेटवार्ता गर्ने तय भएको छ ।
पछिल्लो समय नेपाली क्रिकेटले निरन्तर सफलता हासिल गरिरहेका बेला अध्यक्ष बार्क्लेको नेपाल भ्रमणलाई महत्वका साथ हेरिएको क्यानका पदाधिकारीले बताएका छन् ।
बार्क्ले सन् २०२२ मा आईसीसीको नेतृत्वमा आएका हुन् । न्युजिल्याण्ड क्रिकेट बोर्डमा लामो समय काम गरेका बार्क्लेले आइसीसीमा शशांक मनोहरको स्थान लिएका थिए । व्यावसायिक पृष्ठभूमिका बार्क्लेले आईसीसीमार्फत सदस्य राष्ट्रहरूको क्रिकेटको विकासमा चासो व्यक्त गर्दै आएका छन् ।

प्रतिक्रियाहरु