युवा संगठन नेपाल, उत्तर डोटीको अध्यक्षमा भक्त सी

२०८० चैत्र ६ गते, मंगलवार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल,उत्तर डोटी जिल्लाको तेस्रो सम्मेलन सम्पन्न भएको छ । “राष्ट्रघात भ्रष्टाचार र जनघातका बिरुद्दको आन्दोलन सृजना गरौ, स्वाधीन नेपाल र आत्मनिर्भर युवा तेस्रो जिल्ला भेला” भन्ने नाराका साथ संगठनको सोमबार सम्मेलन सम्पन्न भएको थियो ।
संगठनको तेस्रो जिल्ला सम्मेलनले अध्यक्षमा भक्त सी, उपाध्यक्षमा अमर देउवा,सचिवमा शिवराज श्रेष्ठ तथा कोषाध्यक्षमा मीना सहित १५ सदस्यीय जिल्ला समिति चयन भएको छ ।
सम्मेलनमा भक्त सीको अध्यक्षता तथा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य बिमल सीको प्रमुख आतिथ्यता, युवा संगठन नेपाल सेती ब्युरो इन्चार्ज र उत्तर जिल्ला सचिव मोहन सी र सामना परिवारका कलाकार चन्दन सीको बिशेष उपस्थिति रहेको थियो । – गणेश एसके

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु