पोखरालाई औपचारिकरुपमा पर्यटकीय राजधानी घोषणा

२०८० चैत्र ४ गते, आईतवार


काठमाडौँ । पोखरा महोत्सवको अवसरमा प्रधानमन्त्री प्रचण्डले कास्की जिल्लाको पोखरा शहरलाई औपचारिक रुपमा पर्यटकीय राजधानी घोषणा गरेका छन । प्रधानमन्त्री प्रचण्डले पोखरा प्राकृतिक, साँस्कृतिक साहसिक क्षेत्रको अद्वितीय संगम रहेको भन्दै पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गरेका हुन् । पोखरा नेपालको पर्यटकीय क्षेत्रको प्रमुख गन्तव्य हो । उक्त गन्तव्य आजदेखि मुलुकै पर्यटनको लागि राजाधानीको रुपमा नेपाल सरकारबाट घोषणा भएको छ ।
उक्त कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्राकृतिक, साँस्कृतिक साहसिक क्षेत्रको दृष्टिले अनुपम, विश्वकै शीर्ष पर्यटकीय गन्तव्यको रुपमा ख्याती प्राप्त सुन्दर पोखरालाई मुलुककै पर्यटकीय राजधानीको रुपमा औपचारिक रुपमा घोषणा गरिएको बताए । उनले पोखरा पर्यटन राजधानी घोषणाले समग्र गण्डकी प्रदेश र मुलुककै श्रीवृद्धिमा नयाँ आयाम थपिने विश्वास लिएको धारणा राखे । उनले विश्वका विभिन्न मुलुकमा शहरका आ–आफ्नै विशेषता र पहिचानको आधारमा राजधानी घोषणा गर्ने तथ्यलाई समेत विचार गरी पोखरालाई पर्यटन राजधानी घोषणा गरिएको दाबीगर्दै भने- ‘पोखरालाई पर्यटन राजधानी घोषणाका लागि विज्ञसहित अध्ययन समिति गठन गरिएको थियो । समितिले अध्ययन गरी विभिन्न सूचकहरुको आधारमा पर्यटन राजधानी घोषणा गर्न सिफारिस गरेको थियो । सम्पूर्ण निकायहरुको संस्थागत निर्णय र सिफारिसको आधारमा घोषणा गरिएको हो। ‘

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु