पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिँदै

२०८० चैत्र ४ गते, आईतवार


काठमाडौँ । आज दिउँसो फेवातालको किनार बाराहीघाटमा हुने कार्यक्रमकाबीच पोखरालाई औपचारिक रूपमा देशको पर्यटकीय राजधानी घोषणा गरिँदैछ । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने प्रधानमन्त्री प्रचण्ड’ शनिबार नै पोखरा पुगिसकेका छन् ।
महानगर प्रमुख धनराज आचार्यले २०७५ सालदेखि नै यस विषयमा अध्ययन भइरहेको र पर्यटकीय राजधानी घोषणाका लागि आधारभूत मापदण्ड पोखरासँग भएकाले घोषणा गरेर पोखरालाई अन्तर्राष्ट्रिय जगत्मा ‘ब्राण्ड’ बनाउन लागिएको बताए ।
गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मी बस्नेतका अनुसार पर्यटकीय सहरलाई राजधानी घोषणासँगै थप विशेषतालाई उजागार गरेर उत्कृष्ट गन्तव्यको पहिचानसहित पोखरा ‘ब्राण्डिङ’ हुने छ ।
महानगर प्रमुख आचार्यले पर्यटन क्षेत्रको विकासमा पर्यटन प्रवर्द्धनात्मक क्रियाकलाप महत्त्वपूर्ण मानिने र राजधानी घोषणा गर्दा पर्यटन प्रवर्द्धनमार्फत जनताको जीवनस्तरमा गुणात्मक परिवर्तनसहित सुधार, रोजगारी सिर्जना र गरिबी निवारणमा उल्लेखनीय प्रगतिलगायत दिगो पर्यटन विकासमा टेवा पुग्ने बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु