डिजेल, पेट्रोलको मूल्य घट्यो

२०८० चैत्र ३ गते, शनिबार


काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले गए मध्यरातिदेखि लागू हुने गरी पेट्रोलको मूल्यमा प्रतिलिटर रु एक र डिजेल/मट्टितेलको मूल्यमा प्रतिलिटर रु दुई घटाएको छ।
निगमले पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर एक सय ६८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि रु एक सय ७० र तेस्रो वर्गका लागि रु एक सय ७१ तोकेको छ । यस्तै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५५ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि रु एक सय ५७ र तेस्रो वर्गका लागि रु एक सय ५८ कायम भएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।
पहिलो वर्गअन्तर्गत चारआली, विराटगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायल रहेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु