पाकिस्तानको राष्ट्रपतिमा आसिफ अली जरदारी निर्वाचित

२०८० फाल्गुन २७ गते, आईतवार


काठमाडौँ । पाकिस्तानको नयाँ राष्ट्रपतिमा आसिफ अली जरदारी निर्वाचित भएका छन् । जरदारीलाई आज अपराह्न ४ बजे प्रधानन्यायाधीश काजी फैज इसाले आसिफ अलीले पद तथा गोपनीयताको शपथ खुवाउने बताइएको छ । पाकिस्तानको निर्वाचन आयोगले शनिबार भएको राष्ट्रपति निर्वाचनको नतिजा सार्वजनिक गरेको थियो । आयोगका अनुसार जरदारीले ४११ मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी महमूद खान अचकजाईले १८१ मत पाएका छन् ।
पाकिस्तानमा राष्ट्रपतिको निर्वाचन संसद् र चार विधान सभाका सदस्यहरूले गर्ने गर्दछ। हाल देशको विधानसभामा ९२ सिट खाली छन् । इलेक्टोरल कलेजमा कुल १ हजार १८५ मत छ । शनिबार भएको निर्वाचनमा विधानसभा र सिनेटका एक हजार ४४ सदस्यले मतदान गरेका थिए । निर्वाचन आयोगका अनुसार निर्वाचनको नतिजा सरकारलाई पठाइएको छ ।

प्रतिक्रियाहरु