पाकिस्तानमा महिलालाई समान अधिकार !

२०८० फाल्गुन २७ गते, आईतवार

काठमाडौँ । पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री शाहबाज शरिफले पाकिस्तानमा महिलाहरूका लागि समान र न्यायपूर्ण अधिकार सुनिश्चित गर्ने उद्घोष गरेका छन । उनले सरकारले महिलालाई शिक्षा र रोजगारीका लागि समान अवसर प्रदान गर्न ठोस कदम चाल्ने वचन दिंदै महिलाको संरक्षण, शिक्षा र प्रगतिको समान अवसरहरूका लागि सरकारले व्यापक काम गर्ने प्रतिवद्धता जनाएका छन ।
प्रधानमन्त्री शरिफले महिलाको रचनात्मक भूमिका बिना मानव समाजमा प्रगति सम्भव नभएको कुरा सरकारले राम्ररी बुझेको भन्दै महिलालाई आफनो हक अधिकारका लागि आवाज बुलन्द गर्न पनि आग्रह समेत गरेका छन ।
महिलाका लागि समान अधिकार सुनिश्चित गर्न र उनीहरूको सुरक्षाका लागि विगतमा बनेका कानुनको पूर्ण कार्यान्वयन गर्ने र नयाँ कानुन पनि निर्माण गर्ने सरकारको तयारी छ । पाकिस्तानमा विगत केही दशकदेखि महिलाका हक अधिकार हनन भएको भन्दै पाकिस्तान सरकारको आलोचना हुने गरेकोमा प्रधानमन्त्री शरिफको यो भनाइले महिलामा उत्साह जागेको छ । -एजेन्सी

प्रतिक्रियाहरु