चीनले रक्षा बजेट बढायो

२०८० फाल्गुन २३ गते, बुधबार


काठमाडौँ । चीनले वर्षको रक्षा बजेट ७.२ प्रतिशतले बढाएको छ । चीन सरकारले यस वर्षको लागि २३.१३ अर्ब डलरको रक्षा प्रावधानको मस्यौदा तयार गरेको छ । चिनियाँ कम्युनिष्ट पार्टीको मुखपत्र मानिने ‘ग्लोबल टाइम्स’ले सन् २०१६ यता चीनको रक्षा बजेटको वृद्धि १० प्रतिशतभन्दा कम रहेको लेखेको छ । यो लगातार नवौँ वर्ष हो जब चीनको रक्षा बजेट १० प्रतिशतभन्दा कमले बढेको हो ।
सैन्य मामिलाका विशेषज्ञ झाङ जुन्सेले ‘ग्लोबल टाइम्स’लाई चीनको रक्षा बजेट स्थिर रहेको बताए। धेरै देशले आफ्नो रक्षा बजेटमा उल्लेख्य बृद्धि गरिरहँदा चीनको दश प्रतिशतभन्दा बढी वृद्धि भएको छैन । उनले अमेरिका र इजरायलले आफ्नो रक्षा बजेटमा उल्लेख्य वृद्धि गरेको बताए । चीनसँग एसियामा सबैभन्दा ठूलो सेना छ र त्यसमा सबैभन्दा बढी खर्च गर्छ। – एजेन्सी

प्रतिक्रियाहरु