सालिन पोख्रेलको मृत शरीरमाथी राजनीति नगर्न चेतावनी

२०८० फाल्गुन १८ गते, शुक्रबार


काठमाडौँ । अखिल (समाजवादी) ले चितवनको रत्ननगर नगरपालीका-१० स्थित एकता शिशु निकेतन विद्यालयमा कक्षा–८ मा अध्ययनरत १४ वर्षिय शालिन पोखरेलको मृत शरीरमाथी राजनीति नगर्न चेतावनी दिएको छ। सो संगठनको नेता तारा सीले एक बिज्ञप्ति जारी गर्दै सो चेतावनी दिएकि हुन्।
यस बिषयमा अखिल (समाजवादी)को नेता तारा सीले जारे गरेको बिज्ञप्तिमा भनिएको छ – – हाम्रो संगठन अखिल (समाजवादी) स्थापनाकाल देखि नै विद्यार्थीका हक, हित, अधिकार, न्याय,मुक्ति,स्वतन्त्रता, सुरक्षाको पक्षमा र अन्याय,अत्याचार,दमन,शोषण,छात्राहरु माथी हुने यौन दुर्ब्याबहार ,अपराध,बलात्कारविरुद्ध निरन्तर संघर्ष गर्दै आइरहेको सर्वविदितै छ ।
यसै सन्दर्भमा यहि फागुन १२ गते चितवनको रत्ननगर टाँडी स्थित एकता शिशुनिकेतमको छात्राबासमा शिशु एकता निकेतन कक्षा ८ मा अध्ययनरत १४ वर्षिय सालिन पोख्रेलको रहस्यमय मृत्यु भएको घटनाप्रति हाम्रो संगठन अखिल (समाजवादी) छात्रा विभाग दुःख व्यक्त गर्दछ । परिवारका श्रोत अनुसार एकता शिशु निकेतनमा आफ्नो छोरीले आत्महत्या नगरेको उक्त स्कुलका प्रिन्सिपल बालहरि देवकोटा, सहायक प्रिन्सिपल किरण बहादुर अधिकारी र होस्टेलका वार्डेन कमल प्रसाद शर्मा पौडेलले योजनामा बलत्कार पछि हत्या गरेको र उक्त छात्राबासमा आफ्नो छोरीसँगै एउटै कोठामा बस्ने साथीहरुसँग पनी भेट्न नदिएको आफुले न्याय माग्न जाँदा प्रशासनले गोली ठोक्ने धम्की दिएको प्रहरी प्रशासनले ४ दिनसम्म पनी किटानी जाहेरी नलिएको उल्टो पीडित पक्ष (मृतकका काका)लाई थुनामा राखेको र प्रिन्सिपल, सहायक प्रिन्सिपल र वार्डेनलाई थुनामा नराखी खुल्लामखुल्ला बाहिर हिँडिरहेको र प्याब्सनले पनी मिलौं भनी केही प्रलोभन देखाएको विषयबस्तु बाहिर आएको छ । उक्त घटनाप्रति हाम्रो छात्रा विभागको गम्भिर ध्यानाकर्षण भएको छ । उक्त घटनालाई निष्पक्ष ढंगबाट सत्यतथ्य छानबिन गरि दोषीलाई कडा भन्दा कडा कारबाहीको माग गर्दछौँ । टाँडी प्रहरी प्रशासन र एकता शिशु निकेतनका सञ्चालक र सम्बन्धित सबैलाई पीडित पोख्रेल परिवारलाई पीडामाथी पीडा नदिन र मृत शरीर माथी राजनीति नगर्न खबरदारी गर्दछौँ । यदि पीडित पक्षको माग पुरा नभएको र पीडितले न्याय नपाएको खण्डमा उक्त एकता शिशु निकेतनका सञ्चालक र सम्बन्धीत हरुमाथी कडा कारबाही हुने कुरा चेतावनी दिन चाहन्छौं ।
अन्त्यमा पीडित परिवारको न्यायको निम्ति अखिल (समाजवादी) छात्रा विभाग अन्त्यसम्म लडिरहने प्रतिबद्धता व्यक्त गर्दछौ ।’

प्रतिक्रियाहरु