‘नेपाली विशेषताको समाजवाद प्राप्तिका लागि एकताबद्ध भएर अगाडि बढौं’

२०८० फाल्गुन १ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले नेपाली विशेषताको समाजवाद प्राप्तिका लागि एकताबद्ध भएर अगाडि बढ्न सबै शक्ति, वर्ग र समुदायलाई विशेष अपिल गरेका छन् । २९औं जनयुद्ध दिवसको अवसरमा शुभकामना मन्तव्य दिंदै महासचिव विप्लव सीले सो अपिल गरेका हुन्।
महासचिव विप्लव सीले नेपाली श्रमिक जनताको वीरतापूर्ण गाथा बनेको जनयुद्ध दिवसको अवसरमा सर्वप्रथम जनयुद्ध, एकीकृत जनक्रान्तिका अमर सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली, वेपत्ता योद्धहरुप्रति उच्च सम्मान, बन्दि, घाइते योद्धा तथा जनयुद्धमा अमूल्य योगदान गर्ने सबै न्यायप्रेमी जनताहरुमा लालसलाम गरेका छन। उनले शुभकामना मन्तव्यमा भनेका छन – ‘महान जनयुद्ध नेपाली श्रमिक जनताले नेकपा(माओवादी)को नेतृत्वमा सामन्तवाद तथा नोकरशाही दलाल पुँजीवादी सत्ताका विरुद्ध गरेको विद्रोह थियो । यसको स्पष्ट लक्ष्य नयाँ जनवादी राज्यसत्ता, राष्ट्रिय स्वाधीनता एवं जनताको पूर्ण अधिकार थिए । जनयुद्धकै कारण नेपाल २१औ सदीमा गणतन्त्र स्थापना गर्ने देश बनेको छ । राज्यका विभिन्न क्षेत्रमा मात्रात्मक परिवर्तन भएका छन् र जनताको सहभागिता बढेको छ ।
गणतन्त्रलाई दलाल पुँजीवादीवर्गले कब्जा गरेपछि जनयुद्ध घेराबन्दिमा परेको छ । जनयुद्धका नायक नायिकालाई मानमर्दन गर्दै अपमानित गरिदै छ । जनयुद्धका संरक्षक श्रमिक जनता अपहेलित छन् । भूमण्डलीकृत अमेरिकी साम्राज्यवाद लगायतले नेपालमाथि सैन्य अखडा बनाउने, कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने उद्देश्यका साथ नाङ्गो हस्तक्षेप गरिरहेका छन् । दलाल पुँजीवादी सत्ताले किसान, मजदुर, मध्यमवर्ग, राष्ट्रिय पुँजीपतिवर्ग माथि निर्मम शोषण, दमन गरिरहेको छ ।
हामीले जनयुद्धको रोकावटलाई एकीकृत जनक्रान्तिद्वारा तोडिदिएका छौं । क्रान्तिको अस्थायी विच्छिन्नता अविच्छिन्नतामा बदलिएको छ । क्रान्तिकारी नेता कार्यकर्ताले थप वलिदान गरेर क्रान्तिको झण्डालाई माथि उठाइदिएका छन् । जनयुद्ध एकीकुत जनक्रान्तिमा रुपान्तरित भएको छ । क्रान्तिकारी नेता कार्यकर्ताहरु उच्च आशा र उत्साहका साथ एकीकृत जनक्रान्तिमा समर्पित छन् । जनक्रान्ति साम्राज्यवादी एवं दलाल पुँजीवादी तत्वहरुका अनेकौं षडयन्त्र चिर्दै आफ्नै मौलिकतासहित अगाडि बढिरहेको छ । ‘
महासचिव विप्लव सीले उक्त शुभकामना मन्तव्य भनेका छन – ‘विश्वमा भूमण्डलीकृत पुँजीवाद र नेपालमा दलाल पुँजीवाद संकटग्रस्त बनेका छन् । विश्व आज तेस्रो विश्वयुद्धतिर बढिरहेको छ । यसको एउटै कारण अमेरिकी एकलध्रुवीय विश्व समाप्त भएको छ । साम्राज्यवादीहरु पुरानै तरिकाले टिक्न नसक्ने संकटमा फसेका छन् । विश्वका पुँजीवादी शासक सामु युद्ध बाहेक अर्को विकल्प बचेको छैन । तर साम्राज्यवादी युद्धले या त अर्को विध्वंसको आधार बनाइदिन्छ या त क्रान्तिको जन्म गराइदिन्छ । हामीले आशा राखौं विश्वले नयाँ क्रान्तिलाई आत्मसाथ गर्ने छ । त्यसैगरी नेपालमा दलाल पुँजीवादी सत्ता सम्पूर्णरुपले असफल भएको छ । यसले विघटन या विद्रोह दिन बाध्य छ । नेपालको ऐतिहासिक विशेषताले बताउछ दलाल पुँजीवादको संकटले राष्ट्रिय विघटन होइन विद्रोह जन्माउने छ । अर्थात यतिवेला नेपालमा साम्राज्यवादीका हस्तक्षेप, दलालीकरण, भ्रष्टाचार, कमिसनखोरी, करछली, वेराजगारी, युवा पलायन, मानव तस्करी,सारा अपमान, निराशा, धार्मिक असहस्णुता, लागु औषधी दुर्वेसन सारा दलाल पुँजीवादका पर्याबाची बनेका छन् । यि समस्याको समाधान संसदीय व्यवस्थाको सामान्य सुधार गरेर संभव छैन । दलाल पुँजीवादी सत्तालाई आमुल परिवर्तन गरेर नेपाली विशेषताको समाजवाद—वैज्ञानिक समाजवाद—साम्यवादको लक्ष्यतिर अगाडि बढेर मात्र संभव छ ।
किसानलाई जमिन, मजदुरलाई उचित तलव, युवालाई रोजगारी, विद्यार्थीलाई वैज्ञानिक शिक्षा, असक्तलाई उपचार, वैज्ञानिकलाई अनुसन्धानको अवसर, महिलालाई सुरक्षासहितको समान अधिकार, श्रमिक समुदायलाई सुरक्षासहितको विशेष सुविधा, जनजाति, मधेशी र मुश्लिमलाई संघीयतासहितको सत्तामा समान सहभागिता, कर्णाली, सेती महाकालीलाई विशेष सुविधा, सेना प्रहरी तथा कर्मचारीलाई निश्पक्ष जिम्मेवारी प्रदान, उद्योगीहरुलाई सुरक्षासहितको प्रोत्साहन, मध्यमवर्गलाई सुरक्षा र सहयोग राज्य व्यवस्थाले पुरा गर्नु पर्ने जिम्मेवारी हुन । यी जिम्मेवारी नेपाली विशेषताको समाजवादबाट मात्र संभव छन् ।’
महासचिव विप्लव सीले उक्त शुभकामना मन्तव्यको क्रममा भनेका छन -‘ नेपाल र नेपाली जनताको दुरभाग्य बनेको दलाल पुँजीपतिवर्गको हातबाट सत्ता खोसेर जनताको हातमा पुगउनु आजको मुख्य आवश्यकता हो । यो काम चार मित्र शक्ति(कम्युनिष्ट, समाजवादी, लोकतान्त्रिक गणतन्त्रवादी र देशभक्त) चार मित्र वर्ग (मजदुर,किसान, मध्यमवर्ग र राष्ट्रिय पुँजीपतिवर्ग) र पाँच मित्र समुदाय(खसआर्य, जनजाति, मधेशी, श्रमिक समुदाय र मुश्लिम)का बीचको एकता र सहकार्य विना संभव छैन । जनयुद्ध दिवसको यो ऐतिहासिक अवसरमा हामी यी सबै शक्ति, वर्ग र समुदायलाई नेपाली विशेषताको समाजवाद प्राप्तिका लागि एकताबद्ध भएर अगाडि बढ्न विशेष अपिल गर्दछौं ।
अन्तमा कमरेड, मित्र र जनसमुदायलाई नेपाल कम्युनिष्ट पार्टी आग्रह गर्दछकि विगतको स्मृतिलाई वर्तमानको प्रतिबद्धतामा उठाऔं अर्थात जनयुद्धको स्मृतिलाई एकीकृत जनक्रान्तिको प्रतिबद्धतामा उठाऔं । क्रान्तिको प्रतिबद्धतालाई लक्ष्यको प्रतिबद्धतामा जोडौं । त्यसका लागि सम्पूर्ण माओवादीहरुको एकता, सम्पूर्ण कम्युनिष्टहरु बीचको मोर्चाबन्दि र एकता, सम्पूर्ण समाजवादी, लोकतान्त्रिक गणतन्त्रवादी, देशभक्त शक्तिहरुको एकता र मोर्चाबन्दि जरुरी छ । जति नै अप्ठ्यारा झेल्नु परे पनि अग्रगामी निकास विना देश र जनताको भविष्य उज्वल हुने छैन । आजको दिनमा अग्रगामी निकासको अगुवाइ नेपाली विशेषताको समाजवादले गर्दछ । हामी इतिहासको स्मृति, वर्तमानको प्रतिबद्धता र भविष्यको स्पष्ट लक्ष्यसहित अगाडि बढौं । ‘

प्रतिक्रियाहरु