नेपाली जनप्रगतिशिल मोर्चा मध्यपूर्वद्वारा भुकम्प पीडितको आवास निर्माणमा सहयोग

२०८० माघ २२ गते, सोमबार


काठमाडौँ । नेपाली जनप्रगतिशिल मोर्चा मध्यपूर्वबाट जाजरकोट/रुकुमका भुकम्प पीडितहरुको आवास निर्माणको ७० हजार ३ सय ५५ रुपैया सहयोग पठाइएको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सो मोर्चाका संयोजक रमेश गिरीले सोमबार बिहान नेकपाका महासचिव विप्लव सीलाई उक्त सहयोगको चेक हस्तान्तरण गरेका हुन् । पार्टीले सञ्चालन गरेको राहत कोषमा विभिन्न क्षेत्रबाट सहयोग आउने क्रम चलिरहेको छ ।
यस अगाडिसमेत पार्टीको पहलमा विभिन्न माध्यमबाट २ करोडको हाराहारीमा राहत हस्तान्तरण भइसकेको छ भने प्रभावित जिल्लामा सयौं घरहरु बनाउन नेकपाले केन्द्रीय अभियान टिम खटाएको थियोे ।
सोमबार बिहान केन्द्रीय कार्यालय कपिलवस्तुमा महासचिव विप्लव सी , नेकपाका स्थायी कमिटी सदस्य विषम सी, पिबिएम तथा कार्यालय सचिव विजय सी, सीसीएम सुशील सीलगायतको उपस्थितिमा सहयोग हस्तान्तरणसहितका कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रियाहरु