नेपाल सुपर लिगः काठमाडौं रेजर्स र वीरगञ्ज युनाइटेड बीच खेल हुँदै

२०८० पुष ५ गते, बिहीबार


काठमाडौँ । नेपाल सुपर लिग अन्तर्गत आज काठमाडौं रेजर्स एफसी र वीरगञ्ज युनाइटेड एफसीबीच खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने आजको खेल साँझ ५ बजेबाट सुरु हुनेछ। आजको खेलमा जित निकाल्दै काठमाडौं प्ले अफमा पुग्न चाहन्छ भने वीरगजञ्जको प्ले अफमा पुग्ने सम्भावना न्यून छ। ६ खेल खेलेको काठमाडौं २ खेलमा जित ३ बराबरी र १ मा पराजय भोग्दै ९ अङ्क जोडेर पाँचौ स्थानमा रहेको छ।
यस्तै वीरगञ्जले पनि समान ६ खेल खेलेको छ। जसमा १ मा मात्रै जित हात पारेको छ भने २ बराबरी र ३ मा पराजित भएर ५ अङ्क जोडेर अङ्क तालिकाको पुछारमा रहेको छ।

प्रतिक्रियाहरु