नेपाल सुपर लिग फुटबल: आज धनगढी एफ.सी र झापा एफ.सी भिडदै

२०८० पुष ४ गते, बुधबार


काठमाडौँ । नेपाल सुपर लिग फुटबलमा आज धनगढी एफ.सी र झापा एफ.सीबीच खेल हुदैछ । लिग तालिकामा दोस्रो स्थानमा रहेको धनगढी आजको खेल जित्दै शीर्ष स्थानमा उक्लिन चाहन्छ । उता झापा पनि आजको खेल जित्दै प्ले–अफ्को संभावना जिवित राख्न चाहन्छ ।
मंगलबार भएको खेलमा बुटवल लुम्बिनीलाई १–० ले हराउँदै पोखरा थन्डर्स प्रतियोगिताको प्ले अफ्मा पुगेको छ । पोखराको यो जितले धनगढीलाई पनि प्ले अफ्मा पु-याएको छ । लिगमा ७ खेलबाट १४ अंक जोडेको पोखरा शीर्ष स्थानमा रहँदा ६ खेलबाट १२ अंक जोडेको धनगढी दोस्रोमा छ ।
तेस्रो स्थानको ललितपुर सिटीको ७ खेलबाट १० अंक भएको छ भने ६ खेलबाट ९ अंक जोडेको काठमाडौं रेजर्स चौथो स्थानमा छ । सबै खेल सकाएको पाँचौ स्थानको स्पोर्टीङ इलाम लिग चरणबाटै बाहिरिएको छ । बुटवल र झापाको पनि प्ले अफ्मा पुग्ने संभावना बाँकी छ ।

प्रतिक्रियाहरु