नेपाल सुपर लिग फुटबल:काठमाडौं रेजर्स र धनगढी एफ.सी भिड्दै

२०८० पुष १ गते, आईतवार

काठमाडौँ । नेपाल सुपर लिग फुटबलमा आज काठमाडौं रेजर्स र धनगढी एफ.सी भिड्दै छन् । यो खेललाई अघिल्लो वर्षको फाइनलको रिप्ले मानिएको छ । अघिल्लो संस्करणको फाइनलमा धनगढीलाई हराउँदै काठमाडौंले उपाधि जितेको थियो । यसपटक भने तालिकामा काठमाडौं भन्दा धनगढी अगाडि छ । ५ खेलबाट ११ अंक जोडेको धनगढी शीर्ष स्थानमा रहँदा ८ अंक जोडेको काठमाडौं चौथो स्थानमा छ । शनिबार वीरगञ्ज युनाइटेड एफसीलाई २–१ ले हराउँदै पोखरा थन्डर्स तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । हिजै भएको अर्को खेलमा एफसी चितवन र स्पोर्टिङ इलामले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

प्रतिक्रियाहरु