यू–१९ एसिया कप क्रिकेट शुरु: नेपाल र पाकिस्तान भिड्दै

२०८० मंसिर २२ गते, शुक्रबार


काठमाडौँ । एसिसी युथ– १९ एसिया कप क्रिकेट प्रतियोगिता आजबाट युएईमा सुरु हुँदैछ । नेपाली क्रिकेट टोलीले आज पहिलो खेलमा पाकिस्तानको सामना गर्दैछ । प्रतियोगितामा नेपालसहित ८ देशको सहभागिता छ । नेपाल, भारत, अफगानिस्तान र पाकिस्तान समूह ‘ए’ मा छन् । समूह ‘बी’ मा युएई, जापान, श्रीलंका र बंगलादेश छन् । आज सुरु हुने प्रतियोगिता पुष १ गतेसम्म चल्नेछ । सबै खेल आइसिसी एकेडेमी ओभल मैदानमा हुनेछन् ।
प्रतियोगितामा सहभागी जापान र युएई बाहेक अन्य सबै टोलीलाई यो प्रतियोगिता आसन्न यूथ– १९ विश्वकप क्रिकेटको तयारीको रुपमा रहेको छ ।युथ– १९ विश्वकप क्रिकेट आगामी जवनरी १३ देखि फेब्रेुअरी ४ सम्म दक्षिण अफ्रिकामा हुनेछ । उक्त प्रतियोगितामा नेपालको समूहमा न्युजिल्यान्ड, अफगानिस्तान र पाकिस्तान रहेका छन् ।

प्रतिक्रियाहरु