ब्वायफ्रेण्डले अरु केटी हेरेपछि . . .

२०८० मंसिर १५ गते, शुक्रबार


काठमाडौँ । अमेरिकाको फ्लोरिडास्थित मायामीकि सान्ड्रा जिमेनेजरले ब्वायफ्रेण्डले अरु महिलालाई हेरेको भन्दै उसको आँखामा रेबिजमा लगाउने सुईले आक्रमण गरेकी छिन् । उक्त घटना गत नोभेम्बर २५ मा भएको बताइएको छ । समाचार अनुसार ४४ वर्षकी सान्ड्रा जिमेनेजर उनका ब्वायफ्रेण्डबीच घरमा प्रायः झगडा परिरहन्थ्यो । आफ्नो पार्टनरले अरु महिलामाथि आँखा लगाएको कुराले उनमा आह्रिस उत्पन्न भएको थियो । अन्ततः नोभेम्बर २५, शनिवारको रातमा झगडाले उग्र रुप लियो र भौतिक आक्रमणसम्म पुग्यो । आफ्नो पार्टनर सोफामा पल्टिरहेको मौकामा जिमेनेजले कुकुरलाई रेबिजको खोप लगाउन भनेर ल्याएका दुईवटा सुईले उनको दाहिने आँखामा प्रहार गरिन् ।
रिसको झोँकमा ब्वायफ्रेण्डको आँखामा रेबिजको सुईले आक्रमण गर्दा आँखामा गम्भीर चोट लाग्यो र उनलाई आकस्मिक उपचारका लागि तत्कालै अस्पताल लगियो । ती महिला तत्कालै घटनास्थलबाट फरार भइन् ।
प्रहरीले खोजतलास गर्ने क्रममा उनलाई आफ्नै घर बाहिर पार्किङ गरिराखेको कारभित्र सुतिरहेको अवस्थामा फेला पार्यो र पक्राउ गर्यो । उनी विरुद्ध चलेको मुद्दामा अदालतले उनलाई मायामी डेड काउन्टी जेलमा पठाउने आदेश गरेको थियो । तर हाल उनी साडे ७ हजार धरौटी तिरेर घरमै नजरबन्दमा बसेकी छिन् । -एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु