एसीसी प्रिमियर कप : कतारलाई हराउँदै नेपाल समूह विजेता

२०८० बैशाख १४ गते, बिहीबार

काठमाडौं । एसीसी प्रिमियर कपमा कतारलाई ६८ रनले हराउँदै नेपाल समूह विजेता बनेको छ । समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको नेपाल यो जितसँगै समूह विजेता बन्यो । कीर्तिपुरमा भएको खेलमा नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको कतार ८९ रनमात्र बनाउन सफल बन्यो ।
कतारलाई अलआउट गर्ने क्रममा नेपालका सन्दीप लामिछानेले ५ विकेट लिए । ५८ बलको सामना गरेका उनले ६ चौका हानेका थिए । उनी नै बिहीबारको खेलको प्लेयर अफ दि म्याच बने । कतारका अमिर फारुकले ४ विकेट लिंदा ओवाइस अहमदले तीन विकेट आफ्नो नाममा बनाएका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु