उत्तर कोरियाद्वारा पुन: हाइपरसोनिक मिसाइल सफलतापूर्वक परीक्षण

२०७८ पुष २२ गते, बिहीबार

काठमाडौं । उत्तर कोरियाले बुधबार प्रक्षेपण गरेको मिसाइल हाइरसोनिक हतियार भएको दाबी गर्दै उक्त प्रक्षेपण सफलतापूर्वक निशानामा पुगेको दाबी गरेको छ । जापान र दक्षिण कोरियाले बुधबार उक्त कोरियाले प्रोजेक्टाइल प्रक्षेपण गरेको जानकारी दिएका थिए भने उक्त प्रक्षेपण कस्तो खालको हो भन्ने यकिन भएको थिएन । तर, उत्तर कोरिया आफैले संयुक्त राष्ट्रसंघले प्रतिबन्ध लगाएको मिसाइल परीक्षण गरेको घोषणा गरेको हो । अन्य मिसाइल जस्तो नभई हाइपरसोनिक मिसाइल लोअर अल्टिच्युड हुदै लक्ष्यमा पुग्ने र यसको गति प्रति घण्टा ६ हजार २ सय किलोमिटर हुने जनाइएको छ । उत्तर कोरियाली समाचार एजेञ्सी केसीएनएले हाइपरसोनिक मिसाइलको सफलापूर्वक परीक्षणले देशको रक्षा प्रणालीलाई अत्याधुनिक बनाएको जनाएको छ । उत्तर कोरियाले गत सेप्टेम्बरमा पनि यस्तै परीक्षण गरेको थियो । यो परीक्षणप्रति अमेरिका, जापान र दक्षिण कोरियाले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएका छैनन् । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु