हुस्सु/कुहिरो र हिमपातकाे सम्भावना

२०७८ पुष ९ गते, शुक्रबार


काठमाडौं । जल तथा माैसम विभागकाे माैसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसकाे कारण हाल देशको पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ र बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहेको छ। महाशाखाका अनुसार तराईका भू-भागहरुममा बिहानको समयमा हुस्सु/कुहिरो लागेकाे छ । साथै देशभर बढी रहेकाले महाशाखाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन आग्रह गरेकाे छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो छ –
पौष ९ गते (शुक्रबार)
दिउँसो : पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।
राती : पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।
पौष १० गते (शनिबार)
दिउँसो : पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ।देशकोउच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।
राती: देशका सुदूर पश्चिम प्रदेश तथा अन्य प्रदेशहरूका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ। देशका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।
पौष ११ गते (आईतबार)
दिउँसो : देशको गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत अन्य पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ।देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।
राती: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सुदुर पश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरु लगायत अन्य उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । सुदुरपश्चिम र कर्णाली प्रदेश का एक-दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु