‘संस्थागत विद्यालय तथा सामुदायिक विद्यालयमा कार्यरत नीजि स्रोतका शिक्षक कर्मचारीलाई तत्काल तलब देऊ ‘

२०७७ श्रावण २ गते, शुक्रबार

काठमाडौँ , २ साउन । अखिल नेपाल शिक्षक संगठनले संस्थागत विद्यालयको शिक्षक कर्मचारी तथा सामुदायिक विद्यालयमा कार्यरत नीजि स्रोतका शिक्षक कर्मचारीलाई यथाशक्य चाँडै तलब भत्ता खुवाउने प्रबन्ध मिलाउन सरकार लगायत सम्बन्धित निकायलाई आह्वान गर्दै अन्यथा यसबाट सिर्जित समस्याको जिम्मेवार सम्बन्धित पक्ष हुने बताएको छ । सो संगठन महासचिव रमेश रुपाखेती आज एक बिज्ञप्ती जारी गर्दै सो कुरा बताएका हुन्।
यस बिषयमा अखिल नेपाल शिक्षक संगठनका महासचिव रमेश रुपाखेतीले जारी गरेको प्रेस बिज्ञप्ती यस प्रकार रहेको छ – “विश्व ऋइख्क्ष्म्(ज्ञढ ले अक्रान्त छ । त्यसबाट नेपाल पनि अछुतो छैन । ११ चैत्र २०७६ बाट नेपालमा लकडाउन गरिएसँगै सबै विद्यालयहरु बन्द छन् । विद्यार्थीहरु विद्यालय जान पाएका छैनन् । अभिभावकहरु वालवालिकाको भविष्यप्रति चिन्तित देखिन्छन् । यसको दीर्घकालिन असर पर्ने देखिन्छ । सरकार आफैले घोषणा गरेको विद्यालय शान्ति क्षेत्र भन्ने नाराबाट विचलित भएको छ । करिब ४००० सामुदायिक विद्यालयमा क्वारेन्टाइन राखिएको छ । सिमान्तकृत र ग्रामीण भेगका किसान, मजदुर लगायतका बालबालिका विद्यालय जानबाट बञ्चित छन् । तर शहर बजारका केही पहँुचवाला र सुविधा सम्पन्न विद्यालयहरुमा अनलाईन मार्फत पढाई भईरहेको नाटक गरिएको छ र सरकारी विद्यालयहरु (शहरका) ले भर्ना समेत लिएकाछन् । यस्तो परिपे्रक्षमा सरकार मौन छ । शैक्षिक सत्र कहिले बाट शुरु गर्ने र अन्त्य गर्ने ? कुनै टुङ्गो छैन ।


श्रावण १ गते बाट प्यावसन र एनप्यावसनले विज्ञप्ति जारी गरी चालु गरिएका अनलाईन टि.भी., रेडियो कक्षा स्थगन गरी शिक्षक, कर्मचारीहरुलाई बेतलवी बिदा दिने भन्ने भनाईबाट शैक्षिक आकाशमा कालो बादल मडारिएको छ । यसप्रति हाम्रो संगठन अखिल नेपालको शिक्षक संगठनको गम्भिर ध्यानाकर्षण भएको छ । मुलुकमा हाल आफुलाई समाजबाद उन्मूख दुई तिहाईको कम्युनिष्ट सरकार छ भने सरकार समर्थित पार्टीका नेता, कार्यकार्ता र उनीहरु नजिकका व्यक्तिहरुको लगानी नीजि विद्यालयको कुल संख्याको करिब ७०% विद्यालयमा उनीहरुकै लगानी छ । तर त्यही विद्यालयमा कार्यरत शिक्षक कर्मचारीले तलब भत्ता पाएका छैनन् । यो सरकारको लाचारीपन हो । यसको समाधान गर्न शिक्षा विज्ञान तथा प्रवृद्धि मन्त्रालय र शिक्षा मन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छौं ।
संस्थागत विद्यालयको शिक्षक कर्मचारी तथा सामुदायिक विद्यालयमा कार्यरत नीजि स्रोतका शिक्षक कर्मचारीलाई यथाशक्य चाँडै तलब भत्ता खुवाउने प्रबन्ध मिलाउन सरकार लगायत सम्बन्धित निकायलाई आह्वान गर्दछौं अन्यथा यसबाट सिर्जित समस्याको जिम्मेवार सम्बन्धित पक्ष हुनेछ भन्दै निम्न कार्यहरु अविलम्ब समाधान गर्न आह्वान गर्दछौ ।
१. संस्थागत विद्यालयको शिक्षक युनियन ९क्ष्क्त्ग्० ले उठाएका माग बार्ताको माध्यमबाट सम्बोधन गरी शिक्षक कर्मचारीलाई तलब भत्ता दिने प्रबन्ध तुरुन्त गरियोस् ।
२. सरकारी विद्यालयमा कार्यरत निजि स्रोतका शिक्षक कर्मचारीलाई तलब भत्ता दिईयोस् ।
३. क्वारेन्टाइन राखिएका सामुदायिक विद्यालयबाट क्वारेन्टाईम हटाई विद्यालयलाई सेनिटाईजर गरी विद्यालय संचालन गरी उचित वातावरण तयार गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छौं ।
४. प्यावसन र एन प्याबसनको पछिल्लो कदमबाट उत्पन्न समस्याको सामाधान बार्ताद्धारा गर्दै विद्यालय संचालन गर्ने वातावरण तयार गर्न समेत आब्हान गर्दछौं ।

उपरोक्त समस्याहरु यथाशक्य चाँडो सामाधान गरी शिक्षा क्षेत्रमा देखिएको अन्योलता हटाई ७० देखि ८० लाख विद्यार्थीहरुको भविष्य माथि खेलवाड् नगर्न सरकारलाई अखिल नेपाल शिक्षक संगठन ध्यानाकर्षण गराउन चाहन्छौं । “

प्रतिक्रियाहरु