गुँला पर्व सुरु

२०७६ श्रावण १७ गते, शुक्रबार

काठमाडौं, १७ साउन । आजदेखि गुँला पर्व सुरु भएको छ । नेपाल संवत् तिथिअनुसार एक महिनासम्म बुद्धको उपासना गरी विभिन्न चैत्य तथा बौद्धविहार परिक्रमा गरी नामसंगीति पाठ गरिन्छ । विशेषगरी काठमाडौंका नेवार समुदायले प्रत्येक दिन मौलिक बाजा बजाएर स्वयम्भू महाचैत्य परिक्रमा गर्छन् । सांगीतिक माहोल बनाएर प्रत्येक दिन बिहान चैत्य तथा गुम्बा परिक्रमा गर्दा पापबाट मुक्ति पाउने विश्वासअनुसार एक महिनाभर पर्व मनाउने गरिन्छ । यो पर्व अवधिको एक महिना मासु, अन्डा, प्याजलगायतका खाद्यवस्तुबाट टाढा बसी दैनिक नुहाएर शुद्ध हुनुपर्ने चलन छ । यस अवधिमा काठमाडौंको असनमा बहिद्यः प्रदर्शन गरिने, थँहितीमा अवस्थित स्वर्णाक्षर अवलोकन, ललितपुरमा मत्याःजात्रा, फरक नेवार बस्तीमा पञ्चदान पर्वलगायत दैनिक बज्रयानी बुद्धधर्मअनुसारको पूजाविधि गरिन्छ ।

प्रतिक्रियाहरु