भारतका आठ राज्य आँधीको चपेटामा

२०७६ बैशाख ४ गते, बुधबार

काठमाडौं, ४ बैशाख । भारतका आठ राज्यमा आएको आँधीमा परी ३५ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् । मंगलबार देशभर अचानक बिग्रिएको मौसमले गुजरात, महाराष्ट्र, मध्यप्रदेश, राजस्थान, झारखण्ड, हिमांचल, हरियाणा र नयाँदिल्लीमा वर्षा, आँधी र चट्याङ परेर ठूलो संख्यामा जनधनको क्षति भएको हो । ज्यान गुमाउनेमा धेरैजसो गुजरात, राजस्थान र मध्यप्रदेशका हुन् । त्यहाँ २८ जनाको मृत्यु भएको थियो । वर्षाका कारण ती राज्यमा तापक्रम ४० डिग्रीभन्दा कम भएको छ । मौसम विभागले बुधबार र बिहीबार पनि मौसम यत्तिकै बिग्रिने बताएको छ ।

प्रतिक्रियाहरु