सत्ताधारी नेकपा कतारकी महिला प्रमुख ने. क. पा. मा प्रवेश

२०७५ चैत्र ३० गते, शनिबार

काठमाडौं , ३० चैत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट प्रवास संगठन नेपाली जनप्रगतिशिल मंच कतारका महिला बिभाग प्रमुख गोमा थापा मगर संगठन भित्र बिद्रोह गर्दै बिप्लव निकट प्रवास संगठन नेपाली जनप्रगतिशिल मोर्चा कतारमा प्रवेश गरेकी छिन। बिगत लामो समय देखि पार्टिमा समावेश भएर काम गर्दै आएकी मगर अन्ततः बिद्रोह गर्न बाध्य भएको बताएकी छिन। जनयुद्ध काल देखि नै तत्कालीन जनमुक्ति सेनामा काम गर्दै आएकी गोमा मगर सेना समायोजनमा समेत सहभागिता जनाउन सफल भएकी उनी तत्कालीन एकीकृत नेकपा (माओवादी) का DCM समेत रहेकी थिईन। सैन्य क्षेत्रमा अब्बल साबित भएकी मगर जनमुक्ति सेनाको बटालियन कमान्डर समेत रहेको बताउछिन।
महान १० बर्षे जनयुद्धका क्रममा आफ्नो ज्यानको आहुती दिदै रगतको कोटा चुक्ता गर्दै वेनि मनिपुर सर्दिमा कमरेड नमुना कडेल सङ्ग संगै सहित हुनु भएका युवराज थापा क्षेत्री कि बहिनी गोमा ले दाजुको अभिभारा पूरा गर्ने उदेश्य सहित निरन्तर पार्टी र क्रान्तिलाई लक्ष्य प्राप्ती गराउन हाल सम्म माकेमा सक्रिय भएर काम गर्दै आएकी थिइन। तर माके अहिले एमालेमा बिलय भएको र आफ्ना लक्ष्य, उदेश्यलाई तिलांजली दिएर अबसरवादी दलदलमा फसि सकेको ले त्यहा रहनुको कुनै औचित्य नरहेको महसुस गरेकी छिन। उनी भन्छिन अहिले नेकपा२ मा गरिएको एकीकरण, एकीकरण नभै बाडी खाने सम्झौता साबित भएको छ।
भ्रस्टाचारी, हत्यारा तथा लुटेराहरुको संरक्षण गर्ने र कमिसनको खेल खेल्दै अगाडी बढ्न लागेको पार्टीमा क्रान्तिकारीहरुको स्थान नरहेको जिकिर गर्दै अब को बिकल्प एकीकृत जनक्रान्ती नै भएको समेत दाबी गरेकी छिन।
सत्ताधारी नेकपाभित्र सामन्तवादले जरा गारिसकोले आफू नेपाली जनप्रगतिशिल मोर्चा कतारमा प्रवेश गर्न लागेको बताएकी छिन। साथै उनलाई प्रवेश गराउन मोर्चाले कार्यक्रमको आयोजना गर्दै मोर्चा अध्यक्ष शिशिर भण्डारी उपाध्यक्ष साजन गुरुङ र मोर्चा महिला बिभाग प्रमुख जमुना श्रेष्ठ ले सामुहिक रुपमा खादा ओढाएर स्वागत गर्दै मोर्चामा प्रवश गराइएको थियो।

प्रतिक्रियाहरु