रसुवागढी नाकामा सीसी क्यामेरा जडान

२०७५ बैशाख १२ गते, बुधबार

काठमाडौं, १२ बैशाख । नेपाल–चीनको एकमात्र ब्यापारिक नाका रसुवागढीमा सीसी क्यामरा जडान गरिएको छ । चीनले रसुवागढी नाकालाई अन्तर्राष्ट्रिय नाकाको मान्यता दिएसँगै तेस्रो मुलुकका नागरिकले समेत यो नाकाको प्रयोग गर्न थालेपछि सुरक्षाका लागि भन्दै सीसी क्यामरा जडान गरिएको हो । सीमा क्षेत्रमा सीसी क्यामरा जडान भएपछि अवैध क्रियाकलाप नियन्त्रणमा आउने विश्वास गरिएको छ ।
रातको समयमा नाकामा सुरक्षाकर्मीको आँखा छलेर हुने अवैध गतिविधि नियन्त्रण गर्न सीसी क्यामराले सहयोग पुग्ने रसुवागढी भन्सार कार्यालयका प्रमुख गोपाल कोइरालाले बताए । रसुवा भन्सार कार्यालय टिमुरेको सहयोगमा सिमा क्षेत्रबाट रसुवागढी भन्सार कार्यालयसम्म करिब दुई किलोमिटर सडकमा १२ वटा सीसी क्यामरा जडान गरिएको छ । प्रहरीको सुरक्षा गस्तीका साथै क्यामराको सहायताले मानिसको आवातजावत र क्रियाकलापमा निगरानी गर्न सहज भएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

आगामी साता वर्षाको सम्भावना

२०८१ बैशाख २१ गते, शुक्रबार

कान्ति लोकपथ बन्द

२०८१ बैशाख २१ गते, शुक्रबार

विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

२०८१ बैशाख २१ गते, शुक्रबार

इनार खन्ने क्रममा दुई जनाको मृत्यु

२०८१ बैशाख २० गते, बिहीबार