‘अमेरिकी विमान खसाल्ने अधिकार छ’

२०७४ आश्विन ११ गते, बुधबार

काठमाडौं ,१० असोज । उत्तर कोरिया र अमेरिका आमनेसापने पुगेका छन् । एकले अर्कालाई ध्वस्त पार्ने चेतावनी समेत दिइरहेका छन् । अमेरिकाको इतिहासमा तत्कालिन सोभियत संघ पछि अहिले उत्तर कोरियाले उसको दादागिरीलाई चुनौति दिइरहेको छ । यसैबीच विश्व समुदाय पनि दुई ध्रुवमा विभाजित भएको छ । रुस, चीन, इरान, क्युवा, भियतनामलगायतका देशहरु उत्तर कोरियाको पक्षमा खुलेरै उभिएका छन् भने केही अमेरिकाको ।
यसैबीच नेपाली जनमत पनि विभाजित भएको छ । नेपालीका राजनीतिक पार्टी र तीनका नेताहरु पनि विभाजित भएका छन् । नेपाली कम्युनिस्ट पार्टी कोरियालीमाथि अमेरिकी नाकाबन्दी र यद्धको लागि उत्तेजित पार्ने कार्यको विरोध गर्दै आएको छ ।
यसैबीच नेकपाको विदेश विभागले मंगलबार काठमाडौँमा अमेरिकाले उत्तर कोरियामाथि पछिल्लो पटक लगाइएको नाकाबन्दीको विरोधमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा बोल्ने अधिकांश नेताहरुले उत्तर कोरियासँग आत्मरक्षाको अधिकार भएको बताउँदै त्यसमा जुट्न सुझाव दिएका छन् ।
नेकपाका स्थायी समिति सदस्य तथा विदेश विभाग प्रमुख धर्मेन्द्र बास्तोलाले उत्तर कोरियाले आफ्नो आत्मरक्षाको सबै उपाय उपनाउने अधिकार रहेको बताए ।
मंगलबार काठमाडौँमा उत्तर कोरियामाथि लगाइएको नाकाबन्दीको विरुद्धमा आयोजना गरिएको अन्तरक्रिय कार्यक्रममा बोल्दै नेता बास्तोलाले अमेरिकाले दक्षिण कोरियामा थाड जडान गर्ने र उत्तर कोरियालाई जबरजस्त युद्धमा धकेल्न खोजेको बताए । उनले अमेरिकी तयारी उत्तर कोरियाविरुद्ध भएको बताउँदै उसले आत्मरक्षाको लागि जस्तोसुकै कमद पनि चाल्न अधिकार भएको भनाई राखे ।
नेता बास्तोलाले प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त राष्ट्रसंघको महासभामा उत्तर कोरियाबारे राखेको धारणा नेपाली जनमतको विपक्षमा भएको भन्दै त्यसलाई आफ्नो पार्टीले अविस्कार गर्ने बताए । बास्तोलाले अमेरिका शान्ति र समृद्धि भन्दापनि युद्ध र गरिबी उत्पादन गरिरहेको बताए । आणविक हतियार सम्बन्धी सन्धी अमेरिकाले नै नमानेका कारण अहिलेको समस्या उत्पन्न भएको बस्तोलाले धारणा राखे ।
नेकपा मालेका महासचिव सीपी मैनालीले उत्तर कोरियामा अमेरिकाले युद्ध भूमी बनाउने प्रयास गरेको बताए । साम्राज्यवादको नीति अनुसार नै अमेरिका कोरियाली प्रयादिपमा आएको बताउँदै मैनालीले आफ्नो देश र जनताको रक्षाको लागि उत्तर कोरियाले तयारीमा लाग्नु स्वाभाविक भएको बताए ।
कार्यक्रमका अर्का प्रा.डा.सुरेन्द्र केसीले अमेरिकाले युद्ध थोपर्न खोजेको बताउँदै उत्तर कोरियाले अमेरिकी विमान खसाल्न सक्ने अधिकार रहेको धारणा राखे ।
फणिन्द्र नेपालले भारत र अमेरिकाले चीनलाई टुक्रा गर्न हात धोएर लागि परेको बताए । वरिष्ठ अधिवक्ता एकराज भण्डारीले कोरियामाथिको अमेरिकी हस्तक्षेप प्राकृतिक न्यायको सिद्धान्तको विरुद्ध भएको बताए ।
माओवादी केन्द्रका नेता सुरेश आले मगरले अमेरिकाले उत्तरकोरियामाथि गरेको हस्तक्षेपले विश्व युद्धको खतरा पैदा भएको बताउँदै यसको सम्पूर्ण जिम्मा राष्ट्रपति ट्रम्पले लिनुपर्ने धारणा राखे । कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य हस्तबहादुर केसीलगायत नेताहरुले उत्तर कोरियालाई आत्मरक्षाको तयारमा जुट्न सुझाव दिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु