मध्य चैतसम्म सबैतिर पाठ्यपुस्तक पुर्याउने दाबी

२०७३ माघ २४ गते, सोमबार

काठमाडौं, २४ माघ । शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले आगामी चैत १५ गतेसम्म सबैतिर पाठ्यपुस्तक पुर्‍याइसक्ने दाबी गरेका छन् । उनले ९३ लाख पुस्तक छापी सकिएको र १२ लाख पुस्तक छपाइ प्रक्रियामा रहेको बताए । कर्णाली अञ्चलका तीन जिल्ला तथा मनाङ र मुस्ताङमा पहिलो चरणमा पुस्तक पुर्‍याउने र बाँकी जिल्लामा चैत १५ सम्ममा पुर्‍याइसक्ने उनले दाबी गरे ।
कक्षा ५ सम्मका पुस्तक निजी क्षेत्र र कक्षा ६ देखि १० सम्ममा पुस्तक जनक शिक्षा सामाग्री केन्द्रबाट छपाउने अनुमति दिइएको छ । तर, वर्षेनि समयमा पाठ्यपुस्तक नपुग्दा विद्यार्थीको पठन–पाठनमा नै समस्या हुने गरेको छ ।

प्रतिक्रियाहरु