४८ घन्टाभित्र पढाई सञ्चालन नगरे आमरण अनशन

२०७३ माघ २३ गते, आईतवार

काठमाडौं,२३ माघ । काठमाडौं विश्वविद्यालय (केयू)का विद्यार्थीले ४८ घन्टाभित्र पढाइ सञ्चालन गर्न अल्टिमेटम दिएका छन् । उनीहरुले ४८ घन्टाभित्र पढाइ सञ्चालन नभए आमरण अनशन बस्ने चेतावनीसमेत दिएका छन् । उपकुलपति रामकण्ठ माकजूले भेट्न नचाहेपछि उनका स्वकिय सचिवलाई अल्टिमेटम पत्र बुझाएको इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स इञ्जिनियरिङ तेस्रो वर्षका विद्यार्थी राञ्जय वैद्यले जानकारी दिए । ‘१५ दिनदेखि कक्षा सञ्चालन हुन नसेकपछि विद्यार्थीले स्वत:स्फुर्त रुपमा अल्टिमेटम दिएका हौँ,’ उनले भने, ‘कक्षा सञ्चालन नभए आमरण अनशन बस्छौँ ।’ १३ दिनसम्म कक्षा सञ्चालन नभएपछि विद्यार्थीले शुक्रबार विश्वविद्यालय प्रशासनलाई दबाब दिन भन्दै विश्वविद्यालय बाहिरै १ घण्टा कक्षा सञ्चालन गरेका थिए । विद्यार्थी संगठनको तालाबन्दीका कारण केयूमा १५ दिनदेखि पठनपाठन भएको छैन । उपकुलपति माकजू समेतले विद्यार्थी संगठनका प्रतिनिधिहरुसँग वार्ता गरे पनि निकास भने निस्कन सकेको छैन ।

प्रतिक्रियाहरु