श्रृष्टिको मायामा के बन्यो तगारो ?

२०७३ माघ ११ गते, मंगलवार

काठमाडौं,११ माघ । गायक राज कुमार गोस्वामीको नयाँ गीत ‘काँडाघारी’ केहि समय अगाडी सार्बजनिक गरिएको थियो । सार्बजनिक भए संगै गीतले यु- ट्युबमा राम्रो प्रतिक्रिया पाएको थियो । राम्रो प्रतिक्रिया संगै यस भिडियोलाई यु- ट्युबमा १० लाख भन्दा बढी पटक हेरिसकिएको छ । उक्त ‘काँडाघारी’ बोलको गीतमा किरण भण्डारीको शब्द ,संगीत तथा एरेन्ज रहेको छ । गीतमा गायक राज के. गोस्वामीलाई गायिका आस्था रावतले साथ दिएकि छिन् । गायक राज के. गोस्वामी अस्ट्रेलियामा रहेर नेपाली सांगीतिक क्षेत्रमा सक्रिय रुपमा लागिरहेका छन् । भुषण दाहाल निर्देशित म्यूजीक भिडियोमा नायिका सृष्टि श्रेष्ठ, कमेडियन किशोर भण्डारी र संचारकर्मी राम पाण्डेलाई देख्न सकिन्छ । भिडियो निकै उत्कृस्ट बनेको र सृष्टिको काम निकै राम्रो रहेको प्रतिक्रिया मिलिरहेको छ ।

प्रतिक्रियाहरु